विश्व कपमा इतिहास कोर्ने मौका

150
  •  
  •  
  •  

काठमाडौं, २० असार (ओएनएस) । ब्राजिलमा जारी विश्वकप फुटबल थप रोमाञ्चक अवस्थामा पुगेको छ । फुटबलका हस्ती राष्ट्रहरूबीच क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल बाँकी छ । क्वार्टरफाइनलमा पुगेका आठ राष्ट्रमा चार अमेरिकी र चार युरोपेली राष्ट्र हुन् ।

जर्मनी, फ्रान्स, बेल्जियम र नेदरल्याण्ड युरोपेली हुन् भने कोष्टारिका, ब्राजिल, कोलम्बिया र अर्जेन्टिना दक्षिण अमेरिकी राष्ट्र हुन् । दक्षिण अमेरिकी भूमिमा भएका अहिलेसम्मका ७ विश्वकपमा युरोपेली टोलीले उपाधि जित्न सकेको छैन भने युरोपेली भूमीमा ब्राजिलले ५६ वर्षअगाडि उपाधि जितेको थियो । त्यसैले अहिले सबै टिमका लागि इतिहास बनाउने मौका छ ।
ब्राजिलले अहिलेसम्म सबैभन्दा बढी पाँचपटक उपाधि हात पारेको छ ।

सन् १९५८, सन् १९६२, सन् १९७०, सन् १९९४ र सन् २००२ मा उपाधि हात पारेको थियो । सन् १९५० र सन् १९९८ मा भने उपविजेता बनेको ब्राजिल सन् १९३८ र सन् १९७८ मा तेस्रो स्थानमा चित्त बुझाएको थियो । सन् १९१० मा भने ब्राजिल क्वार्टरफाइनल पुगेर नेदरल्याण्डसँग २–१ ले पराजित हुँदै बाहिरिएको थियो । यसपटक भने घरेलु मैदानमा समर्थकको साथ पाएको ब्राजिलले जुनसुकै अवस्थामा पनि उपाधि हात पार्ने दाउ बनाउनेछ । हुन त क्वार्टरफाइनलमा ब्राजिलको भेट कोलम्बियासँग हुँदै छ । कोलम्बियाको तुलनामा ब्राजिल बलियो राष्ट्र हो ।

कोलम्बिया जेम्स रोड्रिगुइजको प्रेरणामा रहँदा ब्राजिल भने नेयमारको कुशलतामा अडिएको छ । त्यसैले पनि यो खेललाई ब्राजिल र कोलम्बियाको भिडन्तभन्दा पनि नेयमार र रोड्रिगुइजको खेलका रूपमा हेरिएको छ । रोड्रिगुइज जारी विश्वकपमा सर्वाधिक ५ गोल गरेर गोल्डेन बुटका दाबेदार बन्दा नेयमार पनि ४ गोल गरेर उनलाई पछ्याइरहेका छन् । त्यसैले पनि दुवै टोली जितका लागि आतुरमात्र छैन, गोल्डेन बुट भिœयाउनका लागि पनि आतुर देखिएको छ । घुडाको चोटका कारण कोलम्बियाविरुद्धको खेल गुमाउने आशंका गरिएका नेयमारले आफू फिट रहेको प्रतिक्रिया दिइसकेका छन् ।

आफू फिट भएको भन्दै नेयमारले भनेका छन्, ‘म कोलम्बियाविरुद्ध खेल्न सक्छु । मलाई कुनै दुखाई छैन ।’ शनिबार बिहान १ ः४५ मा फोर्टालेजमा हुने सो खेललाई नेयमार र रोड्रिगुइजबीचको भिडन्तका रूपमा समेत हेरिएको छ । उनीहरू दुवैमा धेरै समानता छ । दुवैको उमेर २२ वर्È भएको छ । दुवै पहिलोपटक विश्वकप फुटबल खेल्दैछन् । सर्वाधिक गोलकर्ताको होडमा पनि छन् । सबै खेल जितेको कोलम्बिया राम्रोे टिम र रोड्रिगुइज उत्कृष्ट खेलाडी भएको भन्दै नेयमारले उनको प्रशंसा गरेका छन् । तर, अब उनको जितको यात्रा सकिने दाबीसमेत गरे ।

आफूहरू उपाधि जित्ने लक्ष्यमा अगाडि बढेको बताउँदै नेयमारले भने्, ‘उनी निकै प्रतिभावान छन् र युवा पनि । उनी भर्खर २२ वर्Èका भएका छन् र आफू कति राम्रो खेलाडी हुँ भन्ने देखाएका छन् । तर, मलाई लाग्छ अब उनको जितको यात्रा सकियो ।’

उता क्वार्टरफाइनलमा पुगेको जर्मनी भने सन् १९५४, सन् १९७४ र सन् १९९० को च्याम्पियन टिम हो । सन् १९६६, सन् १९८२, सन् १९८६ र सन् २००२ मा उपविजेतामा रोकिएको जर्मनी सन् १९३४, सन् १९७०, सन् २००६ र सन् २०१० मा तेस्रो बनेको थियो । जर्मनीको प्रतिद्वन्द्वी फ्रानस पनि कमजोर टिम भने होइन । फ्रान्सले अहिलेसम्म एकपटक सन १९९८ मा उपाधि हात पारेको छ भने सन २००६ मा उपविजेता रोकिएको थियो । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको फ्रानस यसपटक भने जर्मनीलाई हराएर बादशाहका रूपमा उदाउने ध्याउन्नमा छ ।

फ्रान्स सन् १९५८ र सन् १९८६ मा गरी दुईपटक तेस्रो बनेको थियो । समूह चरणको खेलमा फ्रान्सले होन्डुरसलाई ३–० ले, स्विजरलयाण्डलाई ५–२ ले हराएको थियो भने इक्वेड्रसँग गोलरहित बराबरी खेलेको थियो । प्रि–कवार्टरको खेलमा पनि फ्रानसले नाइजेरियामाथि २–० को जित हात पारेको थियो ।

जसले गर्दा फ्रानस जर्मनीमाथि हाबी हुेन साेंचमा छ । जर्मनीले पनि प्रि–क्वार्टरमा अल्जेरियालाई २–१ ले हारउन कठिन संघर्ष गरेको थियो । समूह चरणको पहिलो खेलमा पोर्चुगलमाथि ४–० को सनसनीपूर्ण जित हात पारेको जर्मनीले त्यसपछिका खेल जित्न भने कठिन संघर्ष गर्नुपरेको थियो । घानासँग २–२ को बराबरीमा रोकिएको जर्मनी यूएसएसँग मात्र १–३ ले विजयी भएको थियो ।
जर्मनीले आफ्नो पुरानो स्टाइललाई कायम राख्दा अन्य टिमले भने खेलमा निक्कै सुधार गरेको देखिएको छ । यसपटक लियोनल मेसीमा बढी निर्भर रहेको अर्जेन्टिनाले पुरानो खेल देखाउन भने सकेको छैन ।

तर, मेसीको लयलाई डी मारियाले साथ दिए, अर्जेन्टिना पनि उपाधिको बलियो दाबेदार हुने निश्चित छ । युरोपीयन राष्ट्र बेल्जियमविरुद्धको खेलमा मैदानमा उत्रँदा दक्षिणअमेरिकी टिम अर्जेन्टिनाको साथमा मेसी र मारियाको उपस्थितिलाई बलियो आधार मानिएको छ । बेल्जियम पनि उत्कृष्ट खेलेर विश्व फुटबलमा महारथी बन्ने धुनमा छ ।

सन् १९७८ र सन १९८६ को च्याम्पियन अर्जेन्टिना सन् १९९० यता सेमिफाइनलमा पुग्नसमेत सकेको छैन । त्यसैले पनि यसपटक अर्जेन्टिना उपाधिको जितेर इतिहास बनाउने ध्यानमा छ । सन् १९३० र सन् १९९० मा अर्जेन्टिना उपविजेता बनेको थियो । बेल्जियमले भने अहिलेसम्म कुनै इतिहास रच्न सकेको छैन ।

नेदरल्याण्ड भने पटक–पटक अभागी टिम बनेको छ । सन् १९७४, सन् १९७८ र सन् २०१० मा फाइनलमा पुगेर उपाधि चुम्न नसकेको नेदरल्याण्ड सन् १९९८ मा चौथो बनेको थियो । समूह चरणका खेलमा उत्कृष्ट खेल्ने र नकआउट सुरुआतसँगै हार्ने रोगले छोएको नेदरल्याण्ड यसपटक पनि उत्कृष्ट टिमका रूपमा छ । क्वार्टरफाइनलमा कोष्टारिकासग भिड्दा नेदरल्याण्डमा भाग्यमानी बन्ने चाहना हुनेछ । समूह चरणमा स्पेनमाथि सुरु मै ५–१ को फराकिलो जित निकालेर हौसिएको नेदरल्याण्डले तयसपछिका खेलमा तयसरी धेरै गोल गर्न भने सकेको छैन ।

अष्ट्रेलियालाई ३–२ ले तथा चिलिलाई २–० ले हराएको नेदरल्याण्डले प्रि–क्वार्टरमा मेक्सिकोमाथि २–१ को जित हात पारेको थियो । रोविन भान पर्सि, आर्जेन रोविनजस्ता खेलाडी रहेको भए पनि नेदरल्याण्डले कठिन जित हात पारेको छ ।

कोष्टारिकाको भने क्वार्टरफाइनल प्रवेश नै सबैभन्दा ठूलो उपलब्धि हो । यसलाई थप अगाडि बढाउने मौका कोष्टारिकाको हातमा छ । विश्वकपको क्वार्टरफाइनल खेल भने शुक्रबारबाट मात्रै सुरु हुनेछ । पहिलो दिन शुक्रबार राती पौने १० बजे फ्रान्स र जर्मनी, राति पौने २ बजे ब्राजिल र कोलम्बियाबीच खेल हुनेछ । त्यस्तै शनिबार राति पौने १० बजे अर्जेन्टिना र बेल्जियम तथा राति पौने २ बजे नेदरल्याण्डस र कोष्टारिकाबीच खेल हुनेछ ।


  •  
  •  
  •