घानाले जर्मनीसँग बराबरी खेल्यो

421
  •  
  •  
  •  

काठमाडौं, ८ असार : पोर्चुगलमाथि सानदार जित हात पारेको जर्मनीले विश्वकप फुटबल अन्र्तगत आइतबार विहान भएको खेलमा घानाविरुद्ध बराबरी खेलको छ ।

निक्कै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमबाट २ २ गोल भयो । जर्मनीको लागि बराबरी गोल गरेका मिरोस्लाब क्लोस विश्वकप फुटबलमा सबैभन्दा बढी गोल गर्ने ब्राजिलका रोनाल्डोसँगै देखा परेका छन् । ब्राजिलका रोनाल्डोको खातामा विश्वकपमा मात्र १५ गोल छ । घानाविरुद्ध गरेको गोलले क्लोसलाई पनि सोही सूचीमा पुर्याइदिएको छ ।
खेलका पहिलो हाफमा कुनै गोल हुन सकेनन् । जर्मनीका गोट्जेले  ५१ औँ मिनेटमा गोल गरेर अग्रता दिलाएपनि घानाका एयूले त्यसको तीन मिनेटमै गोल फर्काए । घानाकै ज्ञानले ६३ औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए पनि जोगाउन सकेनन् ।

 

जर्मनीका क्लोससले ७१ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीपछि दुबै टिमको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ ।


  •  
  •  
  •