काठमाडौं, ३० जेठ – विश्वकप फुटबलको २० औ संस्करण विहीबार राति एक भव्य कार्यक्रम बिच औपचारिक उद्घाटन भएको छ। उद्घाटन समारोहमा ब्राजिलको प्रकृति, जनता र फुटबलको प्रतिनिधित्व गर्ने गरी ६ सय ६० को समूहले आकर्षक नृत्य देखाए ।
कार्यक्रममा गायिका जेनिफर लोपेज र र्यापर पिटबुलले विश्वकप २०१४ को आधिकारिक गीत एरिना डे साओ पाओलोमा ‘वि आर वन’ (ओले ओले) गीत गाए ।
कार्यक्रम भएको मैदानको मध्य भागमा राखिएको ठूलो आकारको बल मुख्य आकर्षण रहेको थियो । उद्घाटन कार्यक्रममा यस्तो देखियो ।