विश्व मूल्याकंन सम्मेलन आजदेखि

116
  •  
  •  
  •  

काठमाडौं ७ मंसिर (ओएनएस) : विश्व मूल्याकंन सप्ताहअन्तर्गत आजदेखि काठमाण्डौंमा सुरु हुँदैछ । सम्मेलनमा काठमाडौँमा सांसद्, नीति निर्माता, विज्ञ, गैरसरकारी संस्था र अनुसन्धानकर्ताबीचको सम्मेलन हुने भएको छ ।
नेपाल सरकार पनि सम्मेलनको आयोजक हुनेछ । सम्मेलनमा विभिन्न मुलुकका ४५ सांसदको उपस्थिति रहने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

विश्वका ४८ देशका मुल्यांकनकर्ता र सांसदहरुको सहभागितामा हुन लागेको कार्यक्रमको मुख्य अंश भने संसद भवन नयाँ बानेश्वरमा हुनेछ । सांसदहरु तथा नीति निर्माण तहका व्यक्तिहरुलाई मुल्यांकन सम्बन्धी सचेत गराउन कार्यक्रम गर्न लागिएको इभ्यालुएटर नेपालका अध्यक्ष डा गणपति ओझाले जानकारी दिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिस पोखरेलले नीति निर्माता र नेताहरुको कार्यको मुल्याङ्कन सम्बन्धी सचेतना बढाउन आवस्यक रहेको बताए । विश्व मूल्याङकन सप्ताहको बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा पोखरेलले बिकासका कार्यक्रम तथा बजेटहरुको मूल्याङकन मात्रै सहि रुपमा गर्न सकिएमा देशको बिकास हुने बताए ।


  •  
  •  
  •