विश्व विज्ञान प्रदर्शनीमा नेपालका दुई विद्यार्थीले भाग लिँदै

247
  •  
  •  
  •  

???????????????????????????????विराटनगर, ९ वैशाख (ओएनएस) : महेन्द्र–मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा अध्ययनरत दुई विद्यार्थीले इन्डोनेसियामा हुने विश्व विज्ञान प्रर्दशनीमा सहभागि हुने अवसर पाएका छन् ।

विज्ञान संकाय स्नातक पहिलो बर्षका विद्यार्थी रिशभ आचाय र तेस्रो बर्षका विद्यार्थी विकाश देवले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुने अवसर पाएका हुन् । क्याम्पसमा उपलब्ध सीमित स्रोत र साधनको प्रयोग गरी एन्टीभाइटीक औषधीको प्रयोगले ‘साइड इफेक्ट’ नगर्ने बिषयमा खोज गरेका उनीहरुले सहभागि हुने अवसर पाएका हुन् ।

एन्टीभाइटीक औषधीको प्रयोगले ‘साइड इफेक्ट’ नगर्ने बिषयमा गरेको खोजलाई आयोजकले प्रर्दशनीकालागि छनोट गरेको थियो । मार्च ४ देखी ९ तारिक सम्म सञ्चालन हुने प्रर्दशनीमा अध्ययन गरेको प्रतिवेदन पेस गरेपछि आयोजकले उनिहरुलाई प्रस्तुतीका लागि निम्तो दिएको हो ।

तर, छनोट भएका आचार्य र देव आर्थिक अभावले गर्दा अलमलमा परेका छन् । विश्वका एक सय देशले सहभागिता जनाउने कार्यक्रममा सहभागि हुन अवसर पाएपनि उनीहरु आर्थिक अभावले अलमलमा परेका हुन । प्रर्दशनीमा सहभागिता जनाउन आर्थिक अभाव भन्दै रिशभ भने ‘हामीले गरेको अध्ययन विश्वसामु प्रर्दशन गर्ने अवसर मिलेको छ । तर जानका लागि पैसा नै भएन ।’ खाना बस्न आयोजकले नै व्यावस्थापन गरेपनि टिकट र अन्य खर्च बापत डेढ लाख आवश्यक पर्ने उनले बताए । उनले भने ‘अहिले १५ हजार रुपैयाँ छ, अरु कहाँबाट ल्याउनु ।’

आचार्य र देवले ‘फाइटो केमिकल स्टटिज अफ मेडिकल प्लान प्mयाकलटिज इन नेपाल’ नाम दिएर रिर्सच गरेका थिए । उनीहरुले क्याम्पसमा उपलव्ध प्रयोगसालाबाट गरेको अनुसन्धानबिधी अनुसार एण्टी भाइटिक औषधी बनाउदा साइड इफेक्ट नगर्ने उल्लेख गरिएको छ ।

हाल बजारमा पाइने इन्टीभाइटिक औषधीले साइड इफेक्ट गरेपनि उनिहरुको रिसर्चले एनटिभाइटीक औषधी बनाउदा साइट इफेक्ट नगर्ने बताइएको छ । रिसभले भने ‘ हामीले गरेको रिर्सज अनुसार औषधी बनाउदा साइड इफेक्ट गर्दैन भन्ने रिर्सच गरेका हौ ।’

उनीहरुको संयुक्त अध्ययन गरेका थिए । उनीहरुले गरेको अध्ययनलाई आयोजकले छनोट गरी प्रस्तुतीकालागि निम्तो गरेको थियो आचार्य र देवस“गै सुपरभाइजरको रुपमा महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराउदै आएका डा. अजय भट्टराई पनि जादैछन् । भट्टराईले उनिहरुलाई अनुसन्धान गर्न सहयोग गरेका थिए । अचार्य दुई बर्षअघि जापानमा भएको एसियाली विज्ञान सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । त्यतीबेला उनि समेत पाँच जना नेपालबाट सहभागि थिए ।


  •  
  •  
  •