काठमाडौं, १७ भदौ (ओएनएस) : दुई बर्षको उमेरमा ड्रम सेट बजाएर ट्यालेन्ट विधामा वल्र्ड रेकडर्स राख्न सफल पोखरा रानीपौवाका पाँच वर्षीय उत्प्रेम जेजिजू र पच्चिस घण्टा निरन्तर मोटरसाईकल चलाई साहस प्रर्दशन गर्न सफल मिर्लुङ ४, तनहुँका सम्शेर बहादुर लम्साललाई भारतीय यूनिक वल्र्ड रेकडर्स २०१४ बाट सम्मान गरिएको छ ।
मंगलबार रिपोर्टर्स क्ल्बमा पत्रकार सम्मेलन गर्दै मोटरसाईकल चालक सम्शेर बहादुर लम्सालले आफूहरु द्धयलाई भदौ ८ गते भारतमा युनिक वल्र्ड रेकडर्स २०१४ को प्रमाण पत्र सहित सम्मान गरेको जानकारी दिएका छन् । लम्सालले पच्चिस घण्टासम्म निरन्तर रुपमा मोटर साईकल चलायर वल्र्ड रेकर्ड कायम गरेका हुन भने दुई बर्षको उमेरमा सार्वजनिक रुपमा ड्रम सेट बजाएर ट्यालेन्ट विधामा वल्र्ड रेकडर्स राख्न सफल पोखरा रानीपौवाका पाँच वर्षीय उत्प्रेम जेजिजूलाई पनि उनकै प्रतिभाको उच्च कदर गर्दै सम्मान गरिएको उनीहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै पच्चिस घण्टासम्म निरन्तर रुपमा मोटर साईकल चलायर वल्र्ड रेकर्ड कायम गरेका शम्सेर बहादुर लम्सालले नेपालबाट प्रतिनिधित्व भएर यूनिक वल्र्ड रेकर्डस राख्न पाउँदा निकै खुशी लागेको बताउँदै आगामी दिनमा गिनिज वल्र्ड रेकडर्सको उपाधी समेत जित्नका लागि तयारी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
त्यस्तै दुई बर्षको उमेरमा ड्रम सेट बजाएर ट्यालेन्ट विधामा वल्र्ड रेकडर्स राख्न सफल पोखरा रानीपौवाका पाँच वर्षीय उत्प्रेम जेजिजूका मातापिताले आफ्नो छोराले यूनिक वल्र्ड रेकडर्सको उपाधी पाउँदा निकै खुशी लागेको बताएका छन् । उनीहरुले पनि आफ्नो छोरालाई गिनीज वुकमा नाम लेखाउने निरन्तर लागिपर्ने पनि जानकारी दिएका छन् ।
उनीहरुले भारतको पन्जाव बटिण्डा शहरमा आयोजना भएको कार्यक्रममा नेपालको तर्फबाट उत्प्रेम जोजिजु र शम्सेर बहादुर लम्साललाई पन्जावका मन्त्री एवं मूख्य संसदीय सचिव सरुप चन्द सिंगला, यूनिक वल्र्ड्र रेकर्ड अफ दि ईएर २०१४ ८१२ कि.मि. अन्र्तराष्ट्रिय म्याराथुन धाबक एवं समाजसेवी ववी चेमनुर र यूनिक वल्र्ड रेकर्ड लिमिटेडका संस्थापक डाईरेक्टर चिफएडिटर सब्बबी मंगल लगाएतले भारतको पहिलो वल्र्ड रेकर्ड सस्था को यूनिक वल्र्ड रेकर्ड बुक २०१४ को दोस्रो संस्करण विमोचन गर्नुका साथै विश्व कृतिमानी नेपालका जोजिजु र लम्साल लगाएत भारतका र अन्य देशका विश्व कृतिमानीहरुलाई विश्व कृतिमानी प्रमाण पत्र २०१४ प्रदान गर्नुका साथै मेडल, मायाको चिनो दिएर सम्मान गरेको पनि जानकारी दिएका छन् ।
दुई बर्षको उमेरमा ड्रम सेट बजाएर ट्यालेन्ट विधामा बिभिन्न तीन वटा वल्र्ड रेकर्ड कायम गरेका वालप्रतिभा उत्प्रेम जोजिजू यस अघि देशका विभिन्न संघसस्थाले सम्मान गरको थिए । उत्प्रेमले एभरेष्ट वल्र्ड रेकडर्स सन् २०१२, ओण्डर्स रेकडर्स होल्डरर्स सन् २०१२ र युनिक वल्र्ड रेकडर्स सन् २०१२ मा विश्वकै सवै भन्दा कान्छो उमेरमा ड्रम सेट बजाएर ट्यालेन्ट विधामा रेर्कड कायम गरेका छन् । त्यसै गरी पच्चिस घण्टा निरन्तर मोटरसाईकल चलाएर साहसीका रुपमा सम्शेर बहादुर लम्साललाई यस अघी एभरेष्ट वल्र्ड रेर्कड २०१२ र यूनिक वल्र्ड रेर्कड २०१२को प्रमाण पत्र पनि प्राप्त गरि सकेका छन् ।