विश्व जनसंख्या दिवस नेपालमा पनि मनाईंदै

171
  •  
  •  
  •  

World-Population-Dayकाठमाडौ, २६ असार(ओएनएस) : आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष दिवसको नारा आपत्कालीन अवस्थामा असुरक्षित जनता भन्ने नाराका साथ यो दिवस मनाइन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आज दिवसको अवसरमा कार्यक्रम गर्न लागेको मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीले जानकारी दिए । सन् १९८९ को जुलाइ ११ मा विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसर पारेर संयुक्त राष्ट्रसंघले २६ वर्ष अघि देखि यो दिवस मनाउन शुरु गरेको हो ।

पछिल्लो केही वर्षको तथ्यांकअनुसार प्रत्येक वर्ष करिब ८ करोड जनसंख्या बढिरहेको छ । तर जनसंख्याको वृद्धिदरमा कर्मी आइरहेको छ । सन् २०५० मा जनसंख्या वृद्धिदर ० दशमलव ५ मा भन्दा पनि कम हुने प्रक्षेपण गरिएको छ । तर जनसंख्या वृद्धिदर घटे पनि व्यवस्थापन तथा विभिन्न समस्यामा भने कम हुन नसकेको विज्ञहरु बताउँछन् ।


  •  
  •  
  •