आज विश्व फोटोग्राफी दिवस, हेरौ अनौठा तस्विर…(तस्विरसहित)

642
  •  
  •  
  •  

काठमाडौ, ३ भदौ (एजेन्सी) : आज १९ अगस्त, विश्व फोटोग्राफी दिवस । आजको दिन विश्वभर फोटोग्राफी दिवस मनाउने गरिन्छ । यो दिन हरेक फोटोग्राफरहरूको लागी सम्मानको दिन हुने गर्छ ।

विश्वमा फोटोग्राफीको सुरूवात सन् १८३९ जनवरी ९ मा डगेरोटाइप प्रक्रियाको घोषणाको साथ सुरू भएको थियो । यस फोटोग्राफी प्रक्रियाको आविष्कार जोसेफ नाइसफोर र लुइस डांगेरेले गरेका थिए । केही महिनापछि अर्थात् सन् १८३९ अगस्त १९ का दिन फ्रान्सको सरकारले यसलाई एक आविश्कार भएको घोषणा गरेको थियो । यो नै विश्वको पहिलो फोटोग्राफी प्रक्रिया थियो । यही दिनको सम्झनामा विश्व फोटोग्राफी दिवस मनाउने गरिन्छ ।

तर, विश्व फोटोग्राफी दिवस फ्रान्सबाट भने भएको होइन । यस दिनलाई अष्ट्रेलियाका एक फोटोग्राफर कोर्स्के आराले बनाएका थिए । सन् २००९ मा आफ्नो अन्य फोटोग्राफर साथीहरूसँग मिलेर आराले विश्वभर यस दिनको प्रचार गर्नका लागि अभियान चलाएका थिए । यसपछि सन् २०१० देखी मात्र विश्व फोटोग्राफी दिवस मनाउन थालिएको हो । उक्त अवसरमा विश्वका २ सय ७० फोटोग्राफरका तस्विरलाई पहिलो पटक अनलाईन ग्यालरीको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

यसै अवसरमा हेरौ केही अनौठा तस्विरहरू…

world photography day5
सन् १९१८ मा वार बोन्ड्सलाई प्रमोट गर्नका लागि आएका चार्ली च्याप्लिनलाई हेर्नका लागि न्युयोर्कमा लागेको जनताको भीड । उनीहरूलाई धन्यवाद दिनका लागि च्याप्लिन आफ्नो साथीको काधँमा चढेका थिए ।
world photography day4
सन् १९३४ मा खिचिएको अल्बर्ट आइन्स्टाइनको दुर्लभ तस्विर, जसमा उनी विश्व प्रसिद्ध E=MC^2 फर्मुलाबारे बताइरहेका छन् ।
world photography day
सन् १९३० ‘दी ग्रेट डिप्रेशन’ को अवस्थामा अमेरिका । अमेरिकामा आर्थिक मन्दीका कारण मानिसले आफ्ना सन्तानलाई समेत बेच्न सुरू गरेका थिए ।
world photography day1
सन् १९६४ मा न्युजिल्याण्डको वेलिङ्गटनस्थित सेन्ट जर्ज होटेलको बालकोनीबाट आफ्ना प्रशंसकको भिड हेर्दै चर्चित ब्याण्ड बील्टस ।
world photography day3
१४ अगस्त, १९४५ मा द्धीतिय विश्व युद्ध समाप्त भएपछि न्युयोर्क शहरमा खुसियाली मनाइएको एक दृश्य ।

  •  
  •  
  •