आयोजक रुसलाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनमा

591
  •  
  •  
  •  

काठमाडौं, २४ असार (ओएनएस) : विश्वकप २०१८ को आयोजक टीम रसियालाई  क्वार्टरफाइनलमा रोक्दै क्रोएसियाले सेमिफाइनल यात्रा तय गरेको छ।

निर्धारित र अतिरिक्त समयमा बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा क्रोएसियाले ४–३ ले जीत दर्ता गरेको हो। योसँगै आयोजक रसिया विश्वकपबाट बाहिरिएको छ।

निर्धारित समयमा एक–एक गोलको बराबरी र अतिरिक्त ३० मिनेटको समयमा दुई–दुईको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमार्फत् निर्णय लिइएको हो।

खेलको ३१औं मिनेटमा डेनिस चेरिसेभले गोल गरेपनि रसियाको त्यो खुसी आठ मिनेटभन्दा बढी टिकेन। ३९औं मिनेटमा मारियो मान्जुकिचको उत्कृष्ट क्रसलाई आन्द्रे क्रामारिकले हेडमार्फत गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

खेलको १००औं मिनेटमा लुका मोड्रिचको पासमा डोमागो भिडाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । अतिरिक्त समय सकिनु पाँच मिनेटअघि फर्नाण्डेजले गोल गर्दै जागोएभको फ्रिकिकमा हेडर गोल गर्दै रसियालाई खेलमा फर्काएका थिए।

पेनाल्टी सुटआउटमा क्रोएसियालका लुका मोड्रिक, मार्सेलो ब्रोजोभिक, इभान राकिटिकि र डोमागोज भिडाले गोल गरे। क्रोएसियाका माटेओ कोभाकिकको प्रहार भने गोलमा परिणत हुन सकेन।

रसियाका सर्जेइ इग्नासेभिक, एलन जागोएभ र डेलर कुजियभले पेनाल्टी प्रहारबाट गोल गर्न सफल भएभने मारियो फर्नान्डेज र फेडर स्मोलोभले गोल गर्न सकेनन्। अब फाइनल प्रवेशका लागि क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ ।


  •  
  •  
  •