गाउँमा जनेरेटरबाटै विश्वकप

145
  •  
  •  
  •  

हेटौंडा,जेठ ३१ – बिहीबार राती साढे ११ बजेतिर आएको हावाहुरीले मकवानपुरमा अचानक विद्युत आपूर्ति बन्द भयो ।

विश्वकपमा फुटवल हेर्नका लागि प्रतीक्षा गरिहेका लाखैं दर्शको प्रतीक्षा विजुली कतिबेला आउने भन्नेमा थियो । हेटौंडाको चौकीटोलमा रहेको नेपाल विद्युत प्राधिरकणको ग्रिडमा फोनको घन्टी धेरै बज्न थाल्यो  विश्वकपको प्रतीक्षामा बसेका युवाहरुलाई पर्नु पीर पर्यो ।

आधारातमा हुने खेल हेर्न कहाँ जाने । त्यसपछि तत्काल युवाहरु जम्मा भएर रातारात जनेरेटर खोज्न थाले । जेनेरेटरको सहायतपछि उनीहरुले विश्पकप हेरे । मकवानपुरमा राती साढे ११ बजे गएको लाइन साढे बिहान साढे १० बजेपछि आएको थियो ।

विश्वकपको सुरुआतसँगै विश्वको ध्यान नै फुटबलतर्फ भएको बेला युवाहरुको ध्यान पनि त्यतै छ ।

अन्नपूर्ण पोस्ट


  •  
  •  
  •