विश्वकपको ट्रफी चर्काए जर्मन खेलाडीले

320
  •  
  •  
  •  

fifa trophyकाठमाडौ, ५ साउन । ब्राजिलमा भएको विश्वकप फुटबलको उपाधी जितेर ट्रफी आफ्नो घर जर्मनीमा पुर्याएको विश्वकप ट्रफीमा क्षति पुगेको छ । अर्जेन्टिनालाई १-० ले पराजित गर्दै जर्मनीले उचालेको विश्वकपको ट्रफी जर्मनी खेलाडीहरुले बोकेर सेलिब्रेसन गर्ने क्रममा क्षति पुगेको बताइएको छ ।

विश्वकप ट्रफीमा क्षति पुगेको जर्मन फुटबल एशोसियसनका प्रमुख विल्फगांग निएर्सबाचले बताएको समाचारहरूमा जनाइएको छ । उनले भनेका छन्, ‘विश्वकप ट्रफी एक ठाउँमा क्षति पुगेको छ, तर यस विषयमा चिन्ता छैन । हामीसँग विज्ञ छन्, जसले त्यसलाई मिलाउनेछ ।’

ट्रफीमा कसले क्षति पुर्यायो भन्ने थाहा भएको छैन्, यस सम्बन्धमा छानविन भइरहेको अध्यक्षले बताएका छन् । जर्मनीले पाएको उक्त ट्रफी विश्वकपको सक्कली ट्रफी भने होइन । माराकानामा प्रदर्शन गरिएको विश्वकपको सक्कली ट्रफी फिफासँगै छ भने अर्को ट्रफी जर्मनीलाई दिइएको छ । सोही ट्रफीमा केही क्षति पुगेको हो ।

विश्वकपको तीन पटक जितेपछि सक्कली ट्रफी राख्न पाउने व्यवस्था परिवर्तन भएपछि जर्मनीले सक्कली ट्रफी राख्न पाएन । यसरी तीन पटक विश्वकप जितेर विश्वकपको ट्रफी राख्ने एकमात्र देश ब्राजिल हो । सन् १९७० मा ब्राजिलले विश्वकप जितेपछि उक्त ट्रफी उसैले राखेको छ । त्यसपछि फिफाले नयाँ ट्रफी निर्माण गरेको थियो । यो ट्रफी बनेपछि जर्मनले विश्वकप तेस्रो पटक जित्यो तर, परिवर्तित नियमका कारण उसले नक्कली ट्रफी मात्र पाएको छ, जसमा सुनको जलप लगाइएको छ । ६.२ किलोको असली ट्रफी भने सुनकै हो र यो फिफाको स्वामित्वमा रहेको छ ।


  •  
  •  
  •