चिली र नेदरल्याण्ड विजयी, स्पेनको लज्जास्पद हार

389
  •  
  •  
  •  

काठमाडौं ३१ जेठ (एजेन्सी): चिलीले विश्वकप २०१४ मा विजयी सुरुआत गरेको छ । डिफेन्डिङ च्याम्पियन स्पेन भने  नेदरल्याण्ड्ससँग लज्जास्पदरुपमा पराजीत भएको छ । शनिबार बिहान ब्राजीलमा भएको विश्वकप–२०१४ को फुटबल खेलमा नेदरल्याण्ड्सले सानदार विजयी सुरुवात गरेको हो । शनिबार विहान भएको समूह बीको पहिलो खेलमा स्पेनलाई ५ १ गोल अन्तरले पराजित गररेको हो । नेदरल्याण्डले अघिल्लो संकरणको फाइनलमा व्यहोरेको हारको मिठो बदला समेत लिएको छ ।
विश्वकपकै इतिहासमा पहिलो पटक पछिल्लो संकरणको विजेता र उपविजेता समूह चरणमा भिडेका थिए ।

chilli
chilli

त्यस्तै चिलीले अष्ट्रेलियालाई ३–१ ले हराएको छ । साल्भाडोरमा बासिर्लोनाका फरवार्ड एलेक्सि सान्चेजले १२ औँ मिनेटमा गोल गर्दै चिलीलाई अग्रता दिलाए । त्यसको ७० सेकेन्डपछि जोर्गे भाल्दिभियाले गोल गरेर । त्यसको ७० सेकेन्डपछि जोर्गे भाल्दिभियाले गोल गरेर दक्षिण अमेरिकी टिमको अग्रता दोब्बर बनाए । समूह ‘बी’मा नेदरल्यान्ड र चिलीको समान ३–३ अंक छ । राम्रो गोल अन्तरको आधारमा डच टिम शीर्षस्थानमा छ ।

 

विश्वकप फुटबलबारे थप जानकारीका लागि 


  •  
  •  
  •