विश्वकपमा दुई क्वाटर फाइनल हुँदै

340
  •  
  •  
  •  

काठमाडौ, २० असार (एजेन्सी) । ब्राजिलमा जारी विश्वकप फुटबल २०१४ मा आजदेखी क्वाइटरफाइनलका खेलहरू सुरू हुँदैछन् । विश्वकप फुटबलको रोचकतामा थप सुगन्ध थपिँदैछ आजदेखी । मुख्य ८ टोलीले विश्वकप उपाधि यात्रामा आफूलाई दुई कदमको दूरीमात्र कायम गर्नका लागि आजदेखी भिड्दैछन् ।

पहिलो क्वाइटरफाइनल खेलमा पूर्व विश्वविजेता टोलीहरू जर्मनी र फ्रान्स भिड्दैछन् । ३ पटकको विश्व विजेता जर्मनी र १ पटकको विश्वविजेता फ्रान्सबीच हुने खेललाइ निकै उत्सुकतापूर्वक हेरिएको छ । यस खेलमा विजय हासिल गर्ने टोलीलाई विश्वकपको मुख्य दावेदारको मानिनेछ ।

पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स र जर्मनी आमुनेसामुने हुँदैछन् । यी दुबै टोली आ–आफ्नो जितका लागि तयारी गरिरहेका छन् । तर, जर्मनी भने निकै तनावमा परेको छ । जर्मनीका ७ मुख्य खेलाडि फ्लु लागेर बिरामी परेपछि आजको खेलमा जित हासिल गर्नका लागि जर्मनीलाई निकै हम्मेहम्मे पर्ने देखिएको छ । जर्मनीका मुलर, माट्स हुमेल्स तथा क्रिस्टोफर क्रेमरसहित अन्य चार खेलाडि फ्लुको संक्रमणका ग्रसित छन् । यस्तो अवस्थामा यी खेलाडीको प्रदर्शन पक्कै पनि केही कमजोर हुनेछ । तर, जर्मन फुटबल टोलीले भने खेलाडिहरू बिरामी नभएको बताएको छ। जर्मनका प्रशिक्षक जोचिम लोउले बिरामी सबै मुख्य खेलाडीलाई खेलाउने बताएका छन् । यसकारण पनि आजको खेलमा फ्रान्सलाई जितका लागि सहज देखिएको छ । आक्रामक खेल प्रस्तुत गर्दै खेल्न सके फ्रान्सले जितका लागि धेरै संघर्ष गर्नुपर्ने देखीदैन । तर, जर्मन टोलीलाई कमजोर आँकलन गर्ने भुल भने घातक हुन सक्छ ।

यस्तै, आज राती कोलम्बिया र ब्राजिल पनि सेमिफाइनल प्रवेशका लागि भिड्दैछन् । निकै राम्रो लयमा देखिएको कोलम्बिया ब्राजिललाई पराजित गर्दै सेमिफाइनल प्रवेश गर्ने सोचमा छ, तर ब्राजिललाई पराजित गर्न कोलम्बियालाइ सहज भने छैन् । कोलम्बियालाई क्वाइटरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका युवा खेलाडि रोड्रिग्वेजको खेल आजको खेलमा पनि महत्वपूर्ण हुनेछ । उनको खेलले सम्पूर्ण कोलम्बियाली टोलीलाई नेतृत्व गर्नेछ भने उनकै पास तथा गोलमा कोलम्बिया ब्राजिललाई पछार्न लागिपर्ने देखिन्छ । यता ब्राजिलले पनि रोड्रिग्वेजलाई रोक्नका लागि हरसम्भव प्रयास गर्ने नै छ । यस्तै, कोलम्बियालाई जितका लागि ब्राजिलियन स्टार नेयमारलाई पनि रोक्नुपर्ने बाध्यता छ । चिल्लीसँगको प्रि–क्वाटरफाइनल खेलको प्रदर्शनलाई हेर्ने हो भने ब्राजिललाई कोलम्बियाविरूद्ध जित हासिल गर्न समेत निकै कठीन देखिन्छ । तर, खेलमा ५ पटकको विश्वविजेता टोली ब्राजिल नै बलियो देखिन्छ ।

यस हिसाबले आजको खेलबाट फ्रान्स र ब्राजिल सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो देखिएको छ । तर, कोलम्बिया र जर्मनीलाई कमजोर आक्न सकिन्न ।


  •  
  •  
  •