विश्वकप फुटबलमा ब्राजिलको अर्को हार नेदरल्याड्स तेस्रो स्थानमा

113
  •  
  •  
  •  

काठमाडौं २९ असार (ओएनएस) : ब्राजिललाई हराउँदै दरल्याण्ड्स विश्वकप फुटवलमा तेश्रो भएको छ । बिहान सकिएको खेलमा आयोजक ब्राजिललाई उसकै मैदानमा ३–० ले हराउँदै नेदरल्याण्ड्सले तेश्रो स्थानमा कब्जा जमाएको हो । विश्वकप फुबटलको सेमिफाइनलमा जर्मनीसँग इतिहासकै सबैभन्दा खराब ७-१ ले हारेको आयोजक ब्राजिल तेस्रो स्थानमा पनि आउन सकेन ।
ब्राजिलले पछिल्ला दुई खेलमा १० गोल बेहोर्‍यो । घरेलु मैदानमा सन् १९४० यता पहिलोपल्ट लगातार दुई खेल हारेको हो । उसले सेमिफाइनलमा जर्मनीसँग बेहोरेको हार घरेलु मैदानमा ३९ बर्षपछिको असफलता थियो ।
नेदरल्याण्ड्सलाई जिताउन रोबिनभान पर्सि, डली ब्लिण्ड र जर्जिनिओ विज्नाल्डमले एकएक गोल गरे ।

10502413_946316828717498_6613344006577500580_n 10524735_946316805384167_1000903316008757804_n


  •  
  •  
  •