विश्वकपको पहिलो सेमिफाइनल : न्युजिल्याण्ड र दक्षिण अफ्रिका मैदानमा

150
  •  
  •  
  •  

काठमाडौं १० चैत (एजेन्सी) : विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल भइरहेको छ ।  रंगशालामा टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाले अहिले राम्रो पदर्शन गरिरहेको छ ।  विश्वकप क्रिकेटमा अभागी टोलीहरु भनेर चिनिने यी दुई टोलीविच आजको विजेता पहिलो पटक विश्वकपको फाईनलमा पुग्नेछ । जारी विश्वकपको सह आयोजक न्युजिल्याण्ड सात पटक सेमिफाईनलमा प्रवेश गरेर पनि फाइनलमा पुग्न सकेको छैन ।

हालसम्म विश्वकपमा न्युजिल्यान्डले ६ पटक र दक्षिण अफ्रिकाले तीनपटक सेमिफाइनलको यात्रा तय गरेका छन् । तर फाइनलमा पुग्न भने यी दुवै टोली असफल भएका छन । न्युजिल्यान्डका प्रशिक्षक माइक हेसन दुवै टोली बलियो भएकाले यसै अनुमान गर्न नसिकने दाबी गर्छन ।

न्युजिल्याण्ड यो प्रतियोगिताका ७ खेलमा अपराजित छ भने दक्षिण अफ्रिकाले ७ मध्ये ५ खेल जितेको छ । न्युजिल्याण्ड र दक्षिण अफ्रिका दुवै अहिलेसम्म विश्वकपको फाइनल पुग्न सकेका छैनन् ।


  •  
  •  
  •