विश्वकप २०१४ का रोचक तथ्य

427
  •  
  •  
  •  

काठमाडौ, ३० असार (ओएनएस) । २० औ संस्करणको विश्वकप फुटबल २०१४ ब्राजिलमा सम्पन्न भएको छ । जर्मनीले उपाधिमाथि कब्जा गर्दै विश्वकपको यात्रा टुङ्गिएको हो । रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको निक्कै रोमाञ्चक खेलमा जर्मनीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकप २०१४ समापन हुँदा विभिन्न रोमाञ्चक पलहरूसमेत देख्न पाइएको थियो ।
प्रतियोगिताका क्रममा भएका विभिन्न घटनाक्रम तथा रोचक तथ्यहरूले पनि विश्वकप २०१४ मा रोमाञ्चकता थपिएको थियो । विश्वकपका क्रममा भएका केही
घटनाक्रमहरू तथा केही तथ्यहरू यस्ता छन्ः
– ३२ वटा राष्ट्रले भाग लिएको प्रतियोगितामा कुल ३२ खेल भएका थिए र फाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले विश्वकपको उपाधी हात पारेको थियो ।
– जर्मनी र अर्जेन्टिनाबीच यो विश्वकप तेस्रो भिडन्त हो । जसमा जर्मनीले २ पटक र अर्जेन्टिनाले १ पटक जित हासिल गरेका छन् ।
– जर्मनीले हालसम्म ८ वटा फाइनल खेलेको छ । जर्मनीले ४ वटा विश्वकपमा जित हासिल गरेको छ । यसअघि जर्मनीले सन् १९५४, सन् १९७४, सन् १९९० विश्वकप जितेको थियो ।
– जर्मनीले पछिल्ला १८ खेलमा अपराजित रहेको छ । यसमध्ये जर्मनीले १३ वटा खेलमा विजय हासिल गरेको छ भने ५ वटा खेल बराबरी गरेको छ ।
– अर्जेन्टिनाले हालसम्म ५ वटा फाइनल खेलेको छ र २ वटा विश्वकपको उपाधी हासिल गरेको छ । यसमध्ये सन् १९८६ मा विश्वकप जित्दा अर्जेन्टिनाले जर्मनीलाई पराजित गरेको थियो ।
– विश्वकपको फाइनलमा युरोपबाट र दक्षिण अमेरिकाबाट आएका राष्ट्रबीच १० पटक उपाधि भिडन्त भइसकेको छ । यसमध्ये ७ पटक दक्षिण अमेरिकी टोलीले जित हासिल गरेको छ ।
– प्रतियोगिताको विजेता जर्मनीले विश्वकपको उपाधिसँगै साढे तीन करोड डलर जितेको छ भने उपविजेता बनेका अर्जेन्टिनाले साढे दुई करोड डलर, प्रतियोगितामा तेस्रो भएको नेदरल्यान्डले दुई करोड २० लाख डलर र चौथो भएको आयोजक राष्ट्र ब्राजिलको टोलीले दुई करोड डलर पुरस्कार पाएका छन् ।
– प्रतियोगितामा क्वाटरफाइनलमा पुगेका टिमलाई एक करोड ४० लाख डलर, प्रिक्वाटरफाइनलमा पुगेका टोलीलाई ९० लाख र सहभागी टोलीलाई ८० लाख डलर प्राप्त गरेका छन् ।
– विश्वकपको पहिलो खेल आयोजक ब्राजिल र क्रोयसियाबीच भएको थियो । उक्त खेलमा ब्राजिलले क्रोयसियालाई ३-१ गोलअन्तरले पराजित गरेको थियो ।
– विश्वकप २०१४ को पहिलो गोल नै आत्मघाति गोल थियो । क्रोयसियाका मार्सेलोको आत्मघाति गर्दै विश्वकपमा गोलको सुरूवात गरेको थिए ।
– विश्वकप २०१४ मा आफ्नो टोलीका लागि पहिलो गोल भने ब्राजिलका नेयमारले गरेका थिए । उनले खेलको २९ औ मिनेटमा गोल गरेका थिए ।
– प्रतियोगितामा पहिलो पहेलो कार्ड ब्राजिलका नेयमारले पाएका थिए भने पहिलो रातो कार्ड उरूग्वेका म्याक्सी पेरेइराले पाएका थिए ।
– विश्वकपमा पहिलो तथा एक मात्र ह्याट्रिक जर्मनीका थोमस मुलरले पोर्चुगलविरूद्ध गरेका थिए ।
– प्रतियोगिता अवधिभर १ सय ७३ गोल भएका छन् । यस हिसाबले प्रति खेलमा २ दशमलब ७ औसतले गोल भएको छ ।
– प्रतियोगितामा प्रति खेलमा ३ सय ९६ पास भएका छन् ।
– प्रतियोगितामा सबैभन्दा धेरै गोल जर्मनीले १८ गोल गरेको छ ।
– विश्वकप २०१४ सबैभन्दा बढि आक्रमण गर्ने राष्ट्र ब्राजिल हो । उसले १ सय ११ वटा आक्रमण गरेको छ । जसमध्ये ११ वटा गोल, २८ वटा ब्लक, ३३ वटा जोगाइएको र ३९ वटा गोलपोष्ट भन्दा टाढा पुगेका थिए ।
– प्रतियोगितामा सबैभन्दा बढि पास जर्मनीले गरेको छ । उसले प्रतियोगिताभर ४ हजार १ सय ५७ पास गरेको छ । जसमा १ हजार १७ पास छोटा पास थिए भने २ हजार ७ सय ६३ वटा मिडियम पास र ३ सय ७७ वटा लामा पास थिए ।
– विश्वकप २०१४ मा सबैभन्दा बढि डिफेन्ड गर्ने टोली अमेरिका हो । उसले ६७ वटा आक्रमणलाई निस्क्रिय पारेको थियो ।  जसमध्ये २७ वटा जोगाइएको, २१ वटा जितेको ट्याकल र १९ वटा ब्लक रहेका छन् ।
– प्रतियोगितामा बेस्ट प्लेयर अर्जेन्टिनाका लियोनेल मेसीले हासिल गरेका छन् । उनले गोल्डेन बुट हासिल गरेका हुन् । उनले मनोनयनमा परेका १० खेलाडीलाई पछि पार्दै सो उपाधि जितेका हुन् ।
– प्रतियोगितामा बेस्ट गोलकिपर जर्मनीका म्यानुअल नेउरले हात पारे ।
– उत्कृष्ट युवा खेलाडी ब्राजिलका पउल पोग्बाले पाएका छन् ।
– यस्तै, सर्वाधिक गोलकर्ताको उपाधि कोलम्बियाका जेम्स रोड्रिगेजले प्राप्त गरेका छन् । उनले प्रतियोगिताभर ६ गोल गरेका थिए भने २ वटा पास गोलका लागि दिएका थिए ।
– फिफा फेयर प्ले टिम अर्थात् स्वच्छ खेल खेल्ने टोलीको उपाधि कोलम्बियाले पाएको छ ।
– जर्मनीका मिरोस्लाभ क्लोसले विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । उनले विश्वकपमा १६ गोल पुर्याएका छन् । उनले ब्राजिलका रोनाल्डोको रेकर्डलाई तोडेका हुन् । उनले विश्वकपमा १५ गोल गरेका थिए ।
– प्रतियोगितामा मेसीले सबैभन्दा धेरै ६५ वटा ड्रिबल गरेका छन् ।
– जर्मनीका मेसुट ओजिलले आफ्नो टोलीलाई १५ वटा अवसर सिर्जना गरेका छन् । जुन जर्मनीका अन्य सबै खेलाडीले अवसर सिर्जना गरेको अवसरभन्दा धेरै हो ।

  •  
  •  
  •