कावेलीलाई विश्व बैंकले साढे ४ अर्व सहयोग गर्ने

173
  •  
  •  
  •  

Kabeli_A_Project_Area  काठमाडौ, ८ मंसिर(ओएनएस) : कावेली जलविद्युत आयोजनालाई विश्व बैंकले थप रकम सहयोग गर्ने भएको छ । बैंकले आयोजनाका लागि ४ अर्व ५३ करोड २० लाख ऋण र  अनुदान सहयोग गर्न लागेको अर्थ मन्त्रालयले बताएको छ ।

बैंकले ४६ मिलियनमध्ये ४० मिलियन ऋण वापत र बाँकी ६ मिलियन अनुदान बापत दिन लागेको हो । ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजना ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माण भइरहेको छ । आयोजना निर्माणसँगै बैंकले क्रमशः पैसा उपलब्ध गराउने बताइएको छ ।

त्यस्तै बैंक  अन्तर्गतकै इन्टरनेशनल बैंक अफ रिकन्सट्रक्सन एन्ड डेभलपमेन्टले पनि वायोग्यास प्रोजेक्ट विस्तारका लागि ७८ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

यी दुवै सम्झौतामा सोमबार अर्थ सचिव सुमनप्रसाद शर्मा र विश्व बैंक नेपालका कन्ट्री म्यानेजर टकुया कमाटाले हस्ताक्षर गरेका छन् ।
बैंकले बायोग्यास प्रोजेक्ट विस्तार गर्नका लागि दिएको अनुदान रकम वैकल्पिक  ऊर्जा प्रवद्र्वन केन्द्र  मार्फत परिचालन गरिने छ ।
सन् २०१९ मा सम्पन्न हुने भािएको सो आयोजनाको कूल लागत १सय २ दशमलव ०८ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।


  •  
  •  
  •