तपाईको हेराईमा नियत खराब देखिए ३ देखि ६ महिना जेल

133
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक (ओएनएस) : कार्यालय वा कामगर्ने थलो कार्यास्थलमा तपाई महिलालाई कस्तो ब्यबहार गर्नुहुन्छ ? अब होस गर्नुहोस् ? तपाईको हेराई मात्रै महिलालाई गलत लाग्यो भने तपाई जेल जानुहुनेछ । त्यो पुरुषका हकमा पनि लागु हुनेछ । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज व्यवस्थापिका संसदमा पेश हुँदैछ । बुधवार संसदीय समितिले पारित गरेको छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले संशोधन सहित पारित गरेको विधेयक आज संसदमा पेश गर्न लागिएको हो । विधेयकमा यौनजन्य हिंसा गरेको प्रमाणित भए ५० हजार जरिवाना र ६ महिना जेल जानुपर्नेछ । समितिका सभापति रन्जुकुमारी झाले पिडितले उजुरी दिएलगत्तै छानविन गर्ने र छानविन बाट प्रमाण्ति भए मेलमिलापमा नगइ कानुनी कारवाही गरिने व्यवस्था रहेको बताइन ।

पीडितले पन्ध्र दिनभित्र उजुरी दिनुपर्नेछ । यस्तै पीडकलाई विभागीय कारबाही गर्नुपर्ने ब्यवस्था पनि विधेयकले थप गरेको छ ।

प्रकृति हेरेर तीन महिनासम्म कैद वा बढिमा ६ महिनासम्म कैद र पचास हजार रुपैयाँ जरिवाना गर्ने ब्यवस्था गरिएको छ झाले भनिन तर त्यसका लागि पिडितले उजुरी भने दिनै पर्नेछ । उनले महिला विरुद्ध पुरुषले पनि उजुरी दिन सक्ने बताइन । झाले विधेयक आजको संसद बैठकमा पेस गर्नेछिन ।


  •  
  •  
  •