विश्वकप २०१४ को उपाधि जर्मनीलाई

265
  •  
  •  
  •  

काठमाडौं, ३० असार (ओएनएस) : ब्राजिलमा भएको २० औँ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ। रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको निक्कै रोमाञ्चक खेलमा जर्मनीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्यो । यो सँगै जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचालेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको समयको २३ औँ मिनेटमा आकर्षक गोल गर्दै मारियो गोटेजले जर्मनीलाई विश्वकपको उपाधि दिलाए।
जर्मनीका मिडफिल्डर सामी केडिरा चोटका कारण खेल्न नसकेपछि जर्मनीले उनको स्थानमा क्रिस्टोफ क्रेमर पनि चोट बोक्दै ३२ औं मिनेटमै बाहिरिएका थिए।
उनको स्थानमा आन्द्रे सर्ले खेलेपछि जर्मन टिम अझ आक्रमक देखिएको थियो।

यसअघि जर्मनीले ३ पटक विश्वकप उपाधि जितिसकेको छ भने अर्जेन्टिनाले दुई पटक उपाधि जितेको छ।

2405447_big-lnd

अर्जेन्टिनलाई उपाधि जिताउन नसकेपनि स्ट्राइकर लियोनेल मेसीले विश्वकपमा गोल्डेन बल पाए । उनले विश्वकप भरी उत्कृष्ट प्रदर्शन गरेका कारण गोल्डेन बल पाएका हुन् ।
प्रतियोगितामा सबैभन्दा धेरै गोल गरेका कोलम्बियाका जेम्स रोड्रिगेजले गोल्डेन बुट पाए । उनले ६ गोल गरेका थिए भने २ वटा गोलका लागि पास उपलब्ध गराएका थिए । फाइनलमा गोल गर्न सकेको भए जर्मनीका थोमस मुलरले यो अवार्ड पाउने थिए ।

2405314_big-lnd

 

article-2690667-1F9F9CD200000578-543_964x393

article-2690667-1F9F83C900000578-341_964x752

article-2690667-1F9F6D6800000578-739_964x628

article-2690667-1F9F611E00000578-124_964x640


  •  
  •  
  •