हिन्दुको अपमान ! लुगामा देवी-देउताका तस्विर…(तस्विरसहित)

107
  •  
  •  
  •  

काठमाडौ, २८ असोज (एजेन्सी) : ई-कमर्श कम्पनी अमेजन विवादमा फसेको छ । अमेजनको वेबसाइटमा बिक्रीका लागि राखीएका हिन्दु देवी देउताको तस्विर भएको महिलाहरूको लुगाका कारण विवादमा तानिएको हो ।

अमेजनले बिक्री गरिरहेको यिजम ब्राण्डले तयार गरेको उक्त लुगाको करिब ४८ सय रहेको छ । यी कपडाहरूमा गणेश, शिव, ब्रम्हा, हनुमान, राम, राधाकृष्णको तस्विर छापिएको छ ।

हिन्दु धर्मालम्बीहरूले अमेजनलाई इमेल गरेर त्यस्ता लुगा बिक्रीमा रोक लगाउन माग गरेका छन् । युनिभर्सल सोसाइटी अफ हिन्दुइज्मले यस घटनाप्रति आपत्ति जनाउँदै हिन्दु देवी देउताको तस्विर राखेर कम्मर मुनी लगाउने कुनै पनि लुगा लगाउन नमिल्ने भनेको छ ।

सोसाइटीका अध्यक्ष राजन जेडले अमेरिकाको नेवाडामा एक विज्ञप्ति जारी गर्दै हिन्दु देवी देउताको मन्दिर र घरमा पूजा-अर्चना गरिन्छ । सोसाइटीले अमेजनले औपचारिक रूपमा माफी मागुपर्ने माग समेत गरेको छ ।

womens-leggings-carrying-images-of-hindu-gods womens-leggings-carrying-images-of-hindu-gods1 womens-leggings-carrying-images-of-hindu-gods2 womens-leggings-carrying-images-of-hindu-gods3 womens-leggings-carrying-images-of-hindu-gods4


  •  
  •  
  •