मन परेकीलाई जबर्जस्ती सिन्दुर हालिदिएपछि……..

236
  •  
  •  
  •  

बझाङ, २६वैशाख बझाङ चौधारी ५ का अर्जुन खातीले गाँउमा चल्दै आएको परम्पराअनुसार आफूलाई मन परेकी सोही गाविस ४ का सूर्यकलाकुमारी रावललाई जबर्जस्तीतानेर बिहे प्रयासमात्र गरेनन् गोठसम्म पुर्‍याएर सिउँदोमा सिन्दुर पनि हालिदिए।
उनको योजना थियो गोठमै भएपनि सिन्दुर हालेपछि खसी काटेर भोज गर्ने। तर, सूर्यकला सचेत भएका कारण अर्जुनले भोज गर्ने योजना पूरा गर्न पाएनन्।
उमेर पुगेका युवक र युवतीबीचमा मिलेर सहमति भएमा परिवारले नमाने पनि बिहे गर्न रोकटोक हुन्न। तर सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा भने केटा पक्षलाई कुनै युवती मन परेजबर्जस्तीतानेर बिहे गर्ने चलन अझै कायम छ। अहिले पनि बझाङका लेकगाँउ, छान्ना, दौलीचौरलगायत दुर्गम गाँउमा युवतीलाई जबर्जस्तीतानेरै बिहे गर्ने चलन रहेको छ।
यसैको पछिल्लो प्रस्ताव हो अर्जुनको बिहे गर्ने प्रयास।
उनले सोमबार मोरीबगरबाट घरतर्फ एक्लै जाँदै गरैकी सूर्यकलालाई बीच बाटोबाटै जबर्जस्तीतानेर बिहे गर्न स्थानीय महेश खाती लगायत साथीको सहयोग पनि मागेका थिए।
अर्जुनले आधा बाटोसम्म तानेर लगेपनि सूर्यकलाले अस्वीकार गरेपछि बिहीबार घटना सार्वजनिक भएको हो। युवतीले बिहे गर्न नमानेपछि अर्जुनले साथीहरुको सहयोगमा लिएर जबर्जस्तीतान्दै भैंसी गोठसम्म पुर्‍याएर सिन्दुर हालेका थिए।
उनी १२ कक्षामा पढ्छिन्। सूर्यकला र उनका परिवार अर्जुनसँग बिहे गर्न राजी थिएनन्। सिन्दुर हालेपछि सूर्यकलाले आफूसँग बिहे गर्ने सोचेका थिए तर, उनले गाँउमै पहिलोपटक बिद्रोह गरिन र उजुरी गर्न जिल्ला प्रहरीसम्म पुगिन।

  •  
  •  
  •