अपाङ्गता भएका महिलामाथि हुने हिंसाको स्थिति भयानक

206
  •  
  •  
  •  

रुपन्देही १५ पुस (ओएनएस) : मैया लम्साल, रुपन्देहीमा अपाङ्गताको क्षेत्रमा क्रियाशिल नाम हो । ह्वीलचियर प्रयोगकर्ता लम्सालले यात्राको क्रममा कयौ पटक तितो अनुभव बटुलेकि छिन् । करिब ४ वर्ष पहिला बहिनीको घर नवलपरासीको कावासोती जाँदा उनी चितवन जाने बस कुरेर बसेकि थिइन् ।

एक्लै बस चढ्नको लागि आँट गरेकी थिईन उनले । कयौ पटक माईक्रो अगाडीबाट हुईकिन्थे तर उनलाई अधिकांस बस चालक र सहचालकले समय छैन भन्दै बसमा स्थान दिदैनथे । निकै बेरको पर्खाईपछि एउटा बसले रोक्यो । सहचालकले ह्वीलचियर गाडीमा राखिदिए । उनी बसको अघिल्लो सिटमा बसीन् । सिटको छेवैमा एक जना मधेसीमुलका व्याक्ति थिए । तर उनलाई कतिबेला उत्रनु जस्तो भयो, कारण सिटको छेवैमा बसेका व्याक्तिले उनलाई मानसिक र शारिरिक रुपमा टर्चर दिईरहे ।

केही समय पहिला लम्साल बुटवलदेखि नवलपरासीको भुमही जाँदा एउटा माईक्रोमा चढिन, माईक्रोमा के चढेकी थिईन, उनलाई माईक्रोको सहचालक(खलासी)ले नराम्रोसँग गालि गरे । अपशब्द प्रयोगगरि होच्याए । गालि गलौच गरेको कारण उनले तत्काल प्रहरीलाई खबर गरिन् । देवदह प्रहरीले सहचालकलाई तत्काल नियन्त्रणमा लियो । २ दिनसम्म थुनुवा कक्षामा राख्यो । पछि उसलाई आफन्तसहित आएर माफि मागेपछि जरिवान तिराएर छोडियो ।

लम्साल भन्छीन् ‘हामी जस्ता शिक्षित र केही कुरा जानेका व्याक्तिहरुमाथि यस्तो हिंसा हुन्छ भने नबोल्ले, गाँउ घरमा दबिएर बसेका व्याक्तिहरुको अवस्था के होला ।’ एकतर्फ महिला भएर जन्म लिनु र अर्कोतर्फ महिला अपाङ्गता भएको कारण धेरै समस्या झेल्नु परेको उनको तितो अनुभव छ ।

बुटवलकी रुपा आत्रेय राम्रो नृत्यङ्गना हुन् । आफ्नै हाउ भाउमा कुरा व्यक्त गर्ने उनी स्पष्टरुपमा बोल्न सक्दीनन्, उनको कुरा अहिले पनि बुझ्दैनन् । उनी बुटवलमा आयोजना हुने विभिन्न मेला महोत्सव तथा अन्य कार्यक्रममा नृत्य प्रस्तु गर्दछिन् । उनी स्पष्ट रुपा बोल्न सक्दिन् भने हाउभाउको साथ कुरा गर्दछिन् । कायौ पटक विदेशमा गएर समेत आफ्नो प्रतिफा प्रस्तुफटन गरेकी उनीलाई कयौ पटक गाडीमा यात्रा गर्दा गाडी चालक, सहचालक तथा गाडीमा यात्रा गरिरहेका यात्रुहरुले समेत दुःख दिने गरेका छन् ।

आफु अपाङ्गता भएको व्याक्ति हो भन्दा पनि भाषाको कठिनाईको कारण कयौ पटक गाडीमा पुरा भाडा लिने गरेको उनी बताउछिन् । आत्रेय भन्छीन् ‘कयौ पटक दोब्बर भाडा लिएका छन् । कयौ पटक भाडा छुट नै गरिदिदैन्न् ।’

रुपन्देही कै शंकरनगरकी मनकुमारी मल्लको पिडा पनि उस्तै छन् । बोल्न नसक्ने उनी सांकेतीक रुपमा कुराकानी गछिन् । केही समय पहिला भैरहवाको एक विद्यालयमा अध्यापन गर्दै आएकी उनी अहिले त्यतिकै बसिरहेकी छिन् । कयौ पटक सरकारी कार्यालयमा जाँदा दोभासे नभएको कारण कर्मचारीहरुले भनेको भनाई नबुझिदिँदा समस्या परेको उनको अनुभव छ । उनी भन्छिन् ‘एउटा सरकारी कार्यालयमा एउटा भएपनि दोभासे भएको भए म जस्ता, बोल्न नसक्ने व्याक्तिहरुलाई धेरै नै राहात हुन्छ ।’ उनले कयौ पटक सम्म सरकारी निकाय या गैरसरकारी निकायमा जाँदा भाषाको समस्याको कारण दुःख पाएको तितो अनुभव सुनाईन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय समिति सह–सचिव तथा रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रकी सचिव कल्पना ढकालले मानिस २१ औ शताब्दीमा प्रवेश गरेको भएपनि अझैसम्म व्यवहारमा परिर्वतन आउन नसक्नु विडम्बना भएको बताउछिन् । ‘एकातर्फ महिला हुन, त्यसमा पनि अपाङ्गता महिला हुनुको कारण कयौ स्थानमा कयौ पटक महिलाहरुले पिडा झेल्नु परेको छ ।’ ढकालले भनिन् ।

अपाङ्गता भएका महिलाहरु कयौ पटक यौनजन्य हिंसाको सिकार हुने गरेको भन्दै उनले हिंसा सहेर नबस्नको लागि ढकाल सबै महिलाहरुलाई आग्रह गर्छिन् । ‘हि‘ंसा सहेर होईन, हिंसाको डटेर सामाना गरौ, प्रशासनिक निकायमा खबर गरौ, प्रहरीलाई खबार गरौ, हिंसा सहिरहनुहोईन, त्यसविरुद्व आवाज आजैबाट उठाऔं ।’ उनले भनिन् ।

राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रिय कार्यक्रम संयोजक सावित्रा घिमिरेले केही समय पहिला बोल्न नसक्ने एक जना महिलामाथि रुपन्देहीमै भएको सामुहिक बलात्कार भएको केसलाई गाँउ समाजमा नै मिलाउनको लागि दबाब आएको बताउछिन् । उनले उक्त केशलाई अदालती मुद्धा नबनाउनको लागि कयौ पटक दबाब आएपनि आफुहरुले अदालतमा मुद्धा दायर गर्न लगाई अहिले दोषिले सजाय भोगीरहेको जानकारी दिईन् ।

उनले यसलाई एउटा उदाहरण मात्र भएको भन्दै रुपन्देही, लगायत, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीका विभिन्न ग्रामिण भेगमा अपाङ्गता भएका महिलाहरु अहिले पनि यौन हिंसा, सामाजिक हिंसा, मानसिक हिंसाको सिकार भईरहेको भन्दै हिंसा नसहनको लागि अपाङ्गता भएका महिलाहरुलाई आग्रह गरिन ।


  •  
  •  
  •