श्रीमान विदेश जाँदा पनि पीडा, नजाँदा पनि पीडा

408
  •  
  •  
  •  

काठमाडौं, ८ पुस (ओएनएस) :  धन कमाएर सुखको जीवनशैली बसाउने आश्वासन दिएर कतार उडेका श्रीमान विदा गर्न त्रिभुवन विमानास्थल बाहिर  कुरिरहेकी थिइन्, सीता तामाङ । मनभरी विछोडका पीडा सहेर तामाङले श्रीमानलाई विदाई गर्दा जति पीडा छ थोरै पैसा जम्मा गरेर भविष्यका धेरै सपना पुरा गर्ने आशा पनि छ ।

तर, धेरै चुनौती पार लगाउनुपर्ने बाध्यता उनले श्रीमान गएकै दिनबाट सम्हाल्नु पर्नेछ । ‘अब श्रीमान नहुँदाको लान्छाना कति भाग्नुपर्ने हो’ उनले सोच्न पनि सकेकी छैनन ।

‘श्रीमान नहुँदा खेप्नुपर्ने कयौ आरोपहरु छन्’ आँखा भरी आँशुका थोपा टिलपिल पार्दै उनले भनिन, ‘जति लान्छना र चुनौती भएपनि गरिबीका लागि सामना गर्नै पर्ला ।’ एक दिनमा करिव २ हजारको संख्यामा रोजगारीका लागि युवाहरु विदेश जाने गरेका छन् । विदेश उड्ने मध्ये आधाले विवाह नै गरिसकेको हुन्छन् ।

Rape-Victim-nepal

वैदेशीक रोजगारीमा जाने केही पुरुषले घरमा हुने श्रीमतिका कारण पछि दुःख पाएको सुन्दा सीता तामाङका श्रीमान भीम तामाङलाई मनको केही डर अबश्य छ । तर, उनी आफ्नी श्रीमतीप्रति पूर्ण विश्वस्त छन् । ‘आफ्नै गाउँमा भएका घटनाले मनमा चिसो त पस्छ नै’ गलाभरी विदाईको माला लगाएका तामाङले भने, ‘तर अरुलाई पर्ने आपत मलाई नआउला भन्नेमा म विश्वासमा छु ।’

वैदेशीक रोजगारीका कारण श्रीमान–श्रीमतिबीच सम्बन्ध विच्छेद भएको आधिकारीक तथ्याङक नभए पनि अधिकांस सम्बन्धविच्छेदको कारण वैदेशीक रोजगारी बन्ने गरेको छ । विदेश जाने हरेक युवा युवतीलाई आफ्नै छिमेकको देखे सुनेका घटनाले झस्काउने गरेको छ ।

परिवारभित्रै शंका

श्रीमान विदेशमा हुँदा आफ्नै घरपरिवारबाट महिलाहरू घरेलु हिंसाको शिकार हुन परेको छ । छोरा बाहिर हुँदा आफ्नै सासुले बुहारीलाई शंकाको नजरले हेर्ने गरिन्छ । आजको भोलि गरेको शंका महिलामा हुने फ्रस्ट्रेसनले पछि यथार्थ बनेका छन् ।

मनो–विश्लेषक गंगा पाठक महिलालाई पर पुरुषसँग सम्पर्क बढाउनुमा परिवार भित्रैको भूमिका पनि रहेको बताउछिन् । ‘आज आरोप लगायो भोलि त्यो भइदिन्छ’ मनोविश्लेषक पाठकले भनिन् ‘ मसँग सल्लाह लिन आउने अधिकांस महिलाहरु परिवारका कारण श्रीमान्को सम्बन्ध विग्रीएको गुनासो गर्छन । ’

30132
जुन बेला हरेक हिसाबले एक अर्काको आबश्यकता हुन्छ त्यही बेला टाडिनु कतिको पीडादायक हुन्छ ? बुझ्नुपर्ने कुरा हो । काभ्रेका सजिता लामा विदेश जाँदा पनि पीडा नजादा पनि पीडा हुने गरेको बताउछिन् ।

‘गरिब परिवार पाल्न विदेश जाँदा समाजले अनेक आरोप लगाउने गर्छ नजाँदा भोकै मर्नुपछ’ उनले भनिन् ‘हामी महिलाका लागि श्रीमान विदेश जाँदा पनि पिडा छ नजाँदा पनि पीडा छ ।’ श्रीमान बाहिर वैदेशिक रोजगारमा जाँदा परपुरुषसँग लागेर घर पनि बिगार्ने, पैसा पनि सिध्याउने श्रीमती मात्र नभई श्रीमातीलाई बाहिर पठाएर अरुसँग सम्पर्क कायम गर्ने श्रीमान पनि प्रसस्त छन् ।

श्रीमानले पर स्त्रीसँग सम्बन्ध राखेको चर्चाको विषय बन्दैन तर महिलाले आबश्यकता पुरा गर्न पर पुरुषसँग सम्पर्क बढाउँदा हुने ठूलो चर्चा सम्बन्ध विच्छेदको मुख्य कारण रहेको पाठकको बुझाई छ ।

पढेलेखेका युवा पनि
स्वदेशमा रोजगारी पाउने उपाय नभएपछि परिवार टुटाउँदै विदेश उड्ने पङ्क्तिमा अहिले साधारण पढेका युवाहरु मात्रै छैनन । शिक्षितहरु समेत काम नपाएको देखेपछि पढ्दै गरेका युवा समेत पढाई चटक्क छाडेर ठूलो सपना सहित कतार, मलेसिया , दुवईका तातो घाममा काम खोज्न हतारिसकेका छन् । ब्यवस्थापन विषयमा विए पढ्दा पढ्दै विदेश जान हतारमा छन् दोलखाका रामचन्द्र बस्नेत ।

‘पढाई सकेका साथीहरुले पनि काम पाएका छैनन पढेर पनि के गर्नु होला ?’ उनको गुनासो छ । ‘साथी भाई परिवार र समाज सबैले पैसा कमाउनेलाई मात्रै गन्ने रहेछन् पढाई सकेपनि जागिर पाइने कुनै ठेगान छैन’ उनले भने,‘अब पहिला विदेश गएर पैसा कमाउनु पर्यो अरु देखाजाला । ’

वैदेशीक रोजगारीमा गएकाहरुबाट देश चलेको छ समाजमा थोरै भएपनि विकास भएको छ । तर, अघिकांस गाउँहरुमा युवाहरु नभएकोले जेष्ठ नागरिक साहारा विहीन बन्न थालेका छन् । वैदेशीक रोजागार विभागका प्रवक्ता बद्री कार्की भन्छन् ‘अब त गाउँमा दात नपलाएको र दाँत झरेका मात्रै छन् भन्ने सुन्न थालियो । ’

न पढाई छ नत हातमा कुनै इलम गर्ने सीप सिकेको छ । स्वदेशमा काम पाइने कुनै सम्भावना पनि छैन । अधिंका युवाहरुको जानुअघिको सपना विदेश पुगेपछि भताभुङ भएको छ ।

Rape-victim_20121224094053


  •  
  •  
  •