राष्ट्रिय महिला सम्मेलन आज राजधानीमा

103
  •  
  •  
  •  

काठमाडौं ५ भदौ (ओएनएस) :
राष्ट्रिय महिला सम्मेलन आज राजधानीमा हुने भएको छ । सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको संयुक्त राष्ट्रसङ्घीय चौथो महिला सम्मेलनको बीसौं वर्षगाँठको उपलक्ष्यमा हुने लागको सम्मेलनको राष्ट्रपति डा. रामवरण यावदद्वारा उद्घाटन गर्नेछन् । ललितपुरको स्टाफ कलेजमा हुन गइरहेको तीनदिने महिला सम्मेलनका लागि देशका ७५ जिल्लाका ३०० भन्दा बढी महिला अधिकारकर्मी काठमाडौँ आइपुगेका छन् । महिला सम्मेलनका सहभागीका लागि आज अभिमुखीकरण तालिम दिइएको बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालका संयोजक बन्दना राणाले बताइन ।     महिला सम्मेलनले नेपालको महिला आन्दोलनमा हालसम्म भएका उपलब्धि र आगामी दिनको मुद्दा र मार्गदर्शनसहितको काठमाडौँ घोषणापत्र सार्वजनिक गर्ने छ ।


  •  
  •  
  •