महिला साफको उपाधिको लागि नेपाल र भारत प्रतिस्पर्धा गर्ने

291
  •  
  •  
  •  

mahila footballकाठमाडौं, ३ मंसिर (ओएनएस) : पाकिस्तानमा जारी तेस्रो महिला साफ च्याम्पियनसीपको उपाधिको लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बुधबार भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई १–० तथा भारतले श्रीलंकालाई ५–० ले पराजित गर्दै फाइनलमा एक–अर्कासँगको भेट पक्का गरेका हुन् ।

नेपालको जितमा सजना रानाले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।

नेपाल र भारत लगातार तेस्रो पटक महिला साफको फाइनलमा भिड्न लागेका हुन् ।

यसअघिका दुई फाइनलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो ।


  •  
  •  
  •