नेपाल महिला साफको सेमिफाइनलमा

130
  •  
  •  
  •  

mahila footballकाठमाडौं , २८ कात्तिक (ओएनएस) : लागातार दोस्रो खेलमा जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा नेपालले आयोजक पाकिस्तानलाई २–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । नेपालको जितमा अनु लामाले १३ औं र सजना रानाले २३ औं मिनेटमा गोल गरे । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो । अब नेपालले समूहको अन्तिम खेलमा श्रीलंकाबिरुद्ध खेल्नेछ ।


  •  
  •  
  •