नेपाल महिला साफको समूह विजेता

215
  •  
  •  
  •  

mahila footballकाठमाडौं, ३० कात्तिक (ओएनएस) : नेपाल महिला साफ च्याम्पियनसीपको समूह विजेता बनेको छ ।

पाकिस्तानको राजधानीमा इस्लामाबादस्थित जिनाह रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै नेपाल समूह विजेता बन्न सफल भएको हो ।

नेपालको जितमा अनु लामाले २ गोल गर्दा नीरु थापाले १ गोल थपीन् ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ८–० र पाकिस्तानलाई २–० ले हराएको थियो ।

अब नेपालले सेमिफाइनलमा बंगलादेश र माल्दिभ्स्मध्ये एकसँग प्रतिस्पर्धा गर्ने प्रवल संभावना छ ।

एक खेल खेल्न बाँकी छदा उक्त समूहमा भारतको ६ अंक छ भने बंगलादेश र माल्दिभ्स्को ३–३ अंक छ ।


  •  
  •  
  •