महिला साफमा नेपालबाट भुटान ८–० ले पराजित

185
  •  
  •  
  •  

mahila footballकाठमाडौं, २६ कात्तिक (ओएनएस) : नेपालले तेस्रो साफ महिला च्याम्पियनसीपमा सानदार सुरुआत गरेको छ ।

पाकिस्तानको इस्लामावादमा भैरहेको प्रतियोगिताकामा सुखद सुरुआत गर्ने क्रममा नेपालले भुटानलाई ८–० ले पराजित गरेको हो । नेपालको जितमा सजना राना, अनु लामा र दीपा अधिकारीले २–२ गोल गरे ।

यस्तै मेनुका गिरी र साबित्रा भन्डारीले १–१ गोल थपे । नेपालले अब समूहमा आयोजक पाकिस्तान र श्रीलंकाबिरुद्ध खेल्नेछ ।
यसअघिका दुई संस्करणमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । भारत साफ महिला फुटबल च्याम्पियनसिपमा सन् २०१० र २०१२ को विजेता हो ।


  •  
  •  
  •