राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफले जित्याे

250
  •  
  •  
  •  

काठमाडौं, २७ पुस (ओएनएस): राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

बिहीबार भएको सुपरलिग अन्तर्गत अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि आफ्नो हातमा पारेको हो । एपिएफको जितमा सावित्रा भण्डारीले दुई तथा सरु लिम्बूले एक गोल गरेन्।

सुपरलिगमा भएका तीन खेलमध्ये सबै खेल जितेको एपीएफले ९ अंक जोड्यो भने दुईमा जित र एक खेलमा पराजित हुदै नेपाल आर्मी उपविजेत बनेको छ । आर्मीले आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई ७–० ले पराजित गरेको थियो । नेपाल आर्मीले एपिएफसँग पराजित भएरै दोस्रो स्थानमा चित्त बुझाउनु पर्याे ।

यस उपाधिसँगै एपीएफले २ लाख पुरस्कार पाएको छ । उपविजेता आर्मीले १ लाख रुपैयाँ पुरस्कार पायो । यस्तै सुपरलिगको अन्तिम खेलमा एपिएफसँग पराजित भए पनि तेश्रो बनेको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ पुरस्कार पायो ।


  •  
  •  
  •