राप्ती उपक्षेत्रिय अस्पतालमा दुई सुत्केरी महिलाको मृत्यु

316
  •  
  •  
  •  

आस्था केसी
दाङ,२२ साउन (ओएनएस) : राप्ती उपक्षेत्रीय अस्पताल घोराही दांगमा बुधवार दुई सुत्केरीको मृत्यु भएको छ । बिजौरी गाबिस वार्ड नं. ४ थानागाँउकी १७ बर्षिया पुष्पा चौधरीको मंगलबार राती र तुलसीपुर गाबिस वार्ड नं. ५ की ३२ बर्षिया यमकुमारी थापाको बुधवार दिँउसो मृत्यु भएको र उनिहरुबाट जन्मिएका बच्चाहरु भने सकुशल रहेको राप्ती उपक्षेत्रिय अस्पतालका सुचना अधिकृत अब्दूल मारुफ खानले जानकारी दिए ।

हजारौंमा एक दुईजनालाई आईपर्ने समस्याका कारण दुई सुत्केरीको ज्यान गएको राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिकाश देबकोटाले बताए ।
डा.देवकोटाका अनुसार पुष्पा चौधरीको प्रिइक्लोसियाका कारणले र यमकुमारी थापाको अत्यधिक रक्तश्राबको कारण मृत्यु भएको हो ।

गत साउन १९ गते शल्यक्रिया गरेर सुत्केरी भएकी यमकुमारी थापालाई १२ यूनिट रगत चढाएपनि उनको शरीरमा रगत जम्दै नजमी लगातार रक्तश्राब भईरहेको कारण हिजो बुधबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।


  •  
  •  
  •