अन्तिम चारमा नेपालगञ्जको भेट एपीएफसँग

116
  •  
  •  
  •  

काठमाडौं, ६ फागुन (ओएनएस) :  महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंलाई  ३ विकेटले पराजित गर्दै  नेपालगञ्जले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता नेपालगञ्जले समूह ‘ए’ को विजेता एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । अर्काे सेमिफाइनलमा बैतडी र जनकपुर भिड्नेछन् ।

निर्णायक खेलमा जित हात पार्ने क्रममा नेपालगञ्जले काठमाडौंले दिएको १४२ रनको लक्ष्य ३०.३ ओभरमा ७ विकेटको क्षतिमा पार गर्याे ।

नेपालगञ्जलाई जित दिलाउने क्रममा सन्जु चौधरीले ५१ रनको अर्धशतकीय पारी खेलिन् । समूह बी कै अर्काे खेलमा विराटनगरले धनगढीलाई ९ विकेटले हरायो ।


  •  
  •  
  •