जनकपुर अन्तिम चारमा

108
  •  
  •  
  •  

काठमाडौं, ५ फागुन (ओएनएस) : जनकपुर महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नेपालगञ्जलाई १० रनले पराजित गर्दै समूह विजेताको रुपमा जनकपुरले अन्तिम चारमा स्थान पक्का गरेको हो । अब फाइनल प्रवेशको लागि जनकपुरले बैतडीसँग प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ३८.५ ओभरमा सबै विकेट गुमाएर ११८ रन जोड्यो । जनकपुरको लागि सरस्वती चौधरीले सबैभन्दा बढि २८ र सोभा आलेले २३ रनमो योगदान गरे । बलिङतर्फ नेपालगञ्जकी प्रतीक्षा जीएमले ४ विकेट लिइन् ।

११९ रनको लक्ष्य पछ्याएको नेपालगञ्ज ३२.५ ओभरमा १०८ रनमा अलआउट भयो । नेपालगञ्जको लागि कप्तान ममता थापाले नटआउट १५ रन जोडिन् भने तृष्णा सिंहले १७ रनको योगदान गरिन् । बलिङतर्फ ममता चौधरी र शान्ति चौधरीले ३–३ विकेट लिए भने सन्तोषि चौधरीले २ विकेट आफ्नो नाममा लेखाईन् । मंगलबार नै भएको अर्काे खेलमा विराटनगरले काठमाडौंलाई ४३ रनले पराजित गर्याे । समूह बीमा ४ अंक रहेको नेपालगञ्ज र २–२ अंक रहेका विराटनगर र काठमाडौंको सेमिफाइनल पुग्ने संभावना बाँकी नै छ ।


  •  
  •  
  •