२४ महिलासहित ४ सय २५ जना पक्राउ, १५ विरुद्ध सार्वजनिक मुद्दा

544
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) : होली मनाउने क्रममा उच्छृङखल गतिबिधी गरेको आरोपमा प्रहरीले २५ महिलासहित ४ सय २५ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँ तथा परिसरकोे मातहतमा रहेका प्रहरी प्रभागद्धारा खटिएको प्रहरी टोलीले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो।

परिसरले पक्राउ गरेका मध्ये १५ जना विरुद्ध सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाइएको छ। बाकी ४ सय १० जनालाई सम्झाई बुझाई गरी अभिभावक तथा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

परिसर प्रवक्ता मोहन थापाले भने, ‘ होली पर्व २०७४ लाई सभ्य, मर्यादित र शान्तिपूर्ण एवं भय रहित बनाउन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको थियो तर केही उच्छृङखल समुहले सुरक्षा योजना विपरीत कार्य गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो’


  •  
  •  
  •