पुरुष जिस्क्याउने महिला पनि दण्डको भागीदार

135
  •  
  •  
  •  

काठमाडौं १६ साउन (ओएनएस) :
महिलाई जिस्क्याउने पुरुष मात्रै होइन अब पुरुषलाई जिस्क्याउने महिला पनि दण्डीत हुनुपर्ने भएको छ । यस विषयले संसदमा प्रवेश पाएको छ । कानुनमन्त्री नरहरि आर्चायले महिलालाई जिस्क्याउने अभद्र व्यवहार गर्ने पुरुष दण्डित हुनु परे झै कुनै लिन पुरुषलाई जिस्क्याउने महिलालाई पनि दण्डको भागीदार बन्नुपर्ने बताएका छन् । लैंगिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका बारेमा सभासद्हरुले उठाएको प्रश्नको उत्तर दिने क्रममा मन्त्री आचार्यले यस्तो धारणा राखेका हुन् ।

विधेयकमाथि ४९ जना सभासदले बोलेका थिए । केही सभासदल्ले पुरुषले महिलालाई अभद्र व्यवहार गर्दा कारबाहीको भागीदार बन्नु परेझै महिलाले पनि पुरुषमाथि अभद्र व्यबहार गरेमा कारबाही हुने कानुन बन्नुपर्ने बताएका थिए । जवाफमा मन्त्री आर्चायले कुर्नपनि पुरुषमाथि अभद्र व्यवहार भएमा दण्ड कानुन बन्नेछ भनेक थिए ।
अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •