महिला स्वास्थ्य स्वयंसेविकाद्वारा आन्दोलनको घोषणा

230
  •  
  •  
  •  

काठमाडौं, साउन ७ (ओएनएस) :  बजेटमा आफ्ना माग नसमेटीएको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाल स्वास्थ्य स्वयंसेवी संघले बुधवार रिपोर्टर्स क्लव नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

स्वंसेविकाहरूले ९ सुत्रीय माग अघि सारेका छन् । वार्षिक भत्ता २४ हजार रुपैयाँ, सेवा छाडदा काम गरेको प्रत्येक वर्षको १० हजार रुपैयाँका दरले एकमुष्ट रकम, स्वास्थ्य विमा, पोशाक भत्ता १५ हजार, चाड खर्च १० हजार रुपैयाँलगायत छन् ।

संघकी उपाध्यक्ष सावित्री मैनालीले बजेटमा माग संबोधन नभएमा सडक तताउने बताउदै भनीन, ‘सरकारले हाम्रो पीडा अझै बुझेन ।’ संघकी महासचिव गिता थिङले कहिलेकाँही कुनै तालीम गोष्ठीमा प्रदान गरिने २ सय रुपैयाँ भत्तामा समेत भ्याट कटौती गर्ने गरिएको बताइन् ।

गाउँ–गाउँमा पुरुषको साटो महिला खटाउँदा प्रभावकारी हुने ठहर गर्दै २०४५ सालदेखी सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको व्यवस्था गरेको थियो । हाल उनीहरू भिटामीन ए, पोलीयो थोपा र आइरन चक्की खुवाउने तथा बाल रोग, एकिकृत व्यवस्थापन, मातृ सुरक्षा चक्की, कण्डोम, पिल्स र पुनर्जलीय प्याकेट वितरण गर्ने मात्र हैन, प्राथमीक उपचार, गर्भवती तथा सुत्केरी महिलाको स्याहार, क्षयरोग, कुष्ठरोग, औलो, खोप, पोषणलगायत सरकारका ८१ वटा कार्यक्रममा संलग्न छन् ।


  •  
  •  
  •