श्रीमानले घरबाट निकालेपछि विचल्ली

221
  •  
  •  
  •  

धादिङ, ३ असार (ओएनएस) । मध्य धादिङको मैदी गाउँ विकास समिति वडा नम्बर २ हटियाकी एक महिला घरबाट निकालिएकी छिन् । श्रीमान शुभ गुरुङले कुटपिट गरि बालबालिका र बाख्रा कुखुरासहित उनलाई घरबाट निकाला गरेका हुन् ।
कुटपिट गरि मार्न खोजेको र छोरीहरुलाई सँधै मार्छु भनेर कुट्न थालेपछि आफूले घर छाडेर हिडेको पीडित ४६ वर्षीया देबमायाँ गुरुङले बताइन् । घर निकालिएकी देबमायाँ अबेर आफ्नो सामान सहित न्याय खोज्दै सदरमुकाम पुगेकी छिन् । बाख्रा डोर्याएर सदररमुकाम आइपुगेकी देबमायाँले आफू र छोरीहरुलाई कुटपिट गरि ज्यान समेत मार्न खोजेकोले न्याय दिलाउन र श्रीमानलाई कारबाही गर्न माग गर्दै महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको सहयोगमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरबाट निस्किएका कारण चार छोरीको पढाई प्रभावित भएको छ ।


  •  
  •  
  •