वुमन्स -२० लिग क्रिकेट भदौ दोस्रो हप्ताबाट

254
  •  
  •  
  •  

काठमाडौं । वुमन्स ट्वान्टी २० लिग क्रिकेट प्रतियोगिता भदौ दोस्रो हप्ताबाट शुरु हुने भएको छ ।  नेपाल क्रिकेट लिगको आयोजनामा भदौ १४ देखि २१ गतेसम्म त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुनेछ ।

यसअघि पाँच महिनाअघि घोषणा गरिएको प्रतियोगिता विराटनगरमा हुने भनिएको थियो ।  प्रतिययोगिताका लागि सबै सम्मिलित बैठक बसेर सबैको सहमतिमा नयाँ मिति तय गरेको आयोजना संस्थाका प्रवन्ध निर्देशक जय राज रोयले जानकारी दिए ।

यो प्रतियोगिता गत चैत १ देखि ९ गतेसम्म मोरङको बैजनाथपुर क्रिकेट मैदानमा आयोजना गर्ने घोषणा गरिएको थियो । यो नेपालको पहिलो फ्रेन्चाइज महिला क्रिकेट प्रतियोगिता पनि हो ।

प्रतियोगितामा भैरहवा क्वीन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन र धनगढी वन्डर वुमन टिमको सहभागिता रहनेछ ।

भैरहवाको मार्की खेलाडी राष्ट्रिय टोलीका लागि कप्तान रुविना क्षेत्री, विराटनगरका लागि करुणा भन्डारी, धनगढीका लागि सीता रानामगर र काठमाडांैका लागि नेरी थापा मार्की खेलाडी चुनिइसकेका छन् ।


  •  
  •  
  •