श्रीमतिलाई जिउँदै जलाएर मार्ने प्रयास

116
  •  
  •  
  •  

नेपालगन्ज २२ जेठ (ओएनएस) :
जिल्लाको परसपुरमा आज दिउँसो एक महिलालाई जिउँदै जलाएर मार्ने प्रयास असफल भएको छ । परसपुर गाविस–७ की २४ वर्षीया अमृता बाल्मिकीलाई मट्टितेल छर्केर जलाएर मार्ने प्रयास भएको हो ।

सशस्त्र प्रहरी औद्योगिक दस्ता नेपालगन्जमा कार्यरत प्रहरी जवान मनोज बाल्मिकीले रक्सी सेवन गरी श्रीमतीलाई कोठामा बन्द गरी जीउमा मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेका थिए ।

श्रीमान्ले जीउमा मट्टितेल खन्याएपनि स्थानीयवासीको सहयोगमा अमृतालाई आगोबाट बचाउन सकिएको स्थानीय रुबी खानले जानकारी दिए । श्रीमान्को कुटाइ र मट्टितेलको गन्धका कारण बेहोस बनेकी अमृताको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगो लगाउने प्रयास गर्ने श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


  •  
  •  
  •