सरकारी सेवामा महिला सहभागिता बढ्यो

149
  •  
  •  
  •  

समावेशी नीति लागू भएपछि सरकारी सेवामा महिलाको प्रतिनिधित्व सात प्रतिशतले बढेको छ । सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार समावेशी नीति लागू हुनुअघि सरकारी सेवामा महिलाको प्रतिनिधित्व ११ प्रतिशत मात्रै थियो । अहिले बढेर १७.९७ प्रतिशत पुगेको छ ।

1यसकारण बढे महिला

मन्त्रालयका सचिव टंकमणि शर्माका अनुसार आरक्षित ४५ प्रतिशतमध्ये ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत निर्णय भएपछि सरकारी सेवामा महिला प्रतिनिधित्व बढेको हो । उनले भने, ‘समावेशी नीति लागू भएपछि सरकारी सेवामा महिलाको संख्या बढेको छ । सरकारले गरेको नीतिगत निर्णयको यो अब्बल नतिजा हो ।’

2सामान्य प्रशासन मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा सचिव शर्माले कार्यपत्र प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । देशभर १५ हजार महिला कर्मचारी शर्माका अनुसार निजामती सेवामा मुलुकभर ८१ हजार तीन सय ६८ कर्मचारी छन् ।

त्यसमध्ये महिला १४ हजार ६ सय २५ (१७.९७ प्रतिशत) छन् । पुरुष ६६ हजार सात सय ४३ (८२.०३) प्रतिशत छन् । नयाँपत्रिकाबाट


  •  
  •  
  •