महिलाले गुडिरहेको बसमुनी छोरीलाई फालिन

84
  •  
  •  
  •  

काठमाडौं २८ कात्तिक ।
भेडेटार राजारानी सडकखण्डमा बिहीबार बिहान एक महिलाले आफ्नो तीन महिनाको छोरीलाई गुडिरहेको बस मुनि फालेकी छन् । बसको पछाडिको चक्काले किचेर नावालिकाको घट्नास्थलमै मृत्यु भएको छ । भेडेटार गाविस वडानम्वर- ६ बस्ने टेकबहादुर मगरकी ३५ वर्षीया श्रीमती तिलमाया मगरले छोरीलाई राजारानीबाट धरान जाँदै गरेको मे १ ख ३९९ नम्वरको बसमुनि फालेको प्रहरीले जनाएको छ । तिलमाया मानसिक रोगी रहेको स्थानीयले प्रहरीलाई बताएको छ । तिलमाया र बसका चालक हेमबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कान्तिपुरबाट


  •  
  •  
  •