महिला राजनेताको न्युड फोटो सार्वजनिक, भन्छिन यसमा गर्व गर्छु

290
  •  
  •  
  •  

काठमाडौं (एजेन्सी) : यूक्रेनकी एक महिला राजनेताको न्युड फोटो सार्वजनिक भएको छ तर उनले यसबाट आफुलाई कुनै फरक नपर्ने बताएकी छन् |

ओल्गा लियुलचक नामक ३० वर्षीय यी महिला राजनेताले आफुलाई यस फोटो सार्वजनिक भएकोमा कुनै आपत्ति नभएको बरु यसबाट दुनियाले आफ्नो आफ्नो लोभ लाग्दो शरीरसँगै फोटो खिचाउने कला समेत देख्ने मौका पाएको बताएकी छन् |

उनले यस फोटोमा आफ्नो शिर झुक्ने केहि काम नगरेको बताएकी छन् | यसबारे बोल्दै लियुलचकले भनिन,”न्युड फोटो कलाले भरिएको हुन्छ जसको आलोचना हुन नहुने हो तर हाम्रो समाजमा म जस्तै कोहि महिलाले यस्तो कार्य गरेमा उसलाई तल्लो स्तरमा हेरिने गरिन्छ | यो गलत कुरा हो | मलाई अब दुनियाले गलत मानुन या सहि, मलाई यसको मतलब छैन | म यसमा गर्व गर्दछु |”

केहि महिना अगाडी ह्याकरहरुको एक समुहले हलिवुड़का सय भन्दा बढी महिला सेलिब्रिटीको यस्ता तस्विरहरु सार्वजनिक गरेका थिए | ति सय जना मध्ये लियुलचकको पनि यस्ता नुड तस्विरहरु छोरि भएका थिए |

इन्टरनेटको संसारमा आई-क्लाउड ह्याकिंग नाम दिइएको यस्तो ह्याकिंग सिस्टममा निकै नै गोप्य तथा निजि तस्बिरहरुको पनि चोरी भएका थिए |


  •  
  •  
  •