‘आमाको माया’: गर्भवतीलाई मोबाइलबाटै खबर

256
  •  
  •  
  •  

काठमाडौं १९ साउन (ओएनएस) :
पहाडी इलाकामा बच्चा जन्माउनुपर्‍यो भने झाडीमा जाने चलन हराएको छैन् । प्रायः चेपाङ बस्तीमा यस्तो चलन छ । तर, चितवनको बछ्यौलीस्थित झुवानी सामुदायिक पुस्तकालयले भने गर्भवतीका लागि नयाँ प्रविधिमार्फत स्वास्थ्य चेतना दिन थालेको छ ।
हालै सञ्चालनमा आएको ‘आमाको मायाँ’ एप्समार्फत पुस्तकालयले यस्तो चेतना दिन थालेको हो । यो प्रविधिमा समेटिएका महिलाको स्वास्थ्य र बच्चाको अवस्थाको अवस्था हेर्न चिकित्सकलाई गुहारिरहनुपर्दैन । उनीहरुलाई मोबाइलमै खबर आइपुग्छ । तपाईको स्वास्थ्य राम्रो छ, बच्चाको अवस्था ठीक छ या स्वास्थ्य खराब छ । समस्या छ भने तुरुन्तै सुविधायुक्त अस्पताल जानसमते मोबाइलबाटै जानकारी दिने पुस्तकालयका अध्यक्ष केशव आचार्यले बताए ।
उनका अनुसार कोठैमा बसेर गर्भवतीले जानकारी लिन र दिनसक्ने यो प्रविधि तीन महिनादेखि परीक्षणका रुपमा चलिरहेको छ । गर्भवती महिला र शिशुको अवस्थामा सुधार गर्दै उनीहरुलाई शतप्रतिशत अस्पताल सेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम ल्याएको पुस्तकालयका स्वास्थ्य उपसमिति संयोजक रामप्रसाद सापकोटाले बताए ।
नागरिकबाट


  •  
  •  
  •