काठमाडौं, ७ पुस (ओएनएस) : श्रीलंकालाई ३–० को सोझो सेटमा हराएपछि भारत दक्षिण एशियाली महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता उपाधि नजिक पुगेको छ ।
सोमबार भएको खेलमा कडा प्रतिद्धन्दी भारतले श्रीलंककालाई २६–२४,२५–११ र २५–१९ ले पाखा लगायो । राउन्डरबिनका आधारमा खेलाईएको खेलमा भारतले अपराजित रहदै ९ अंक जोडेको छ ।
भारतले अन्तिम खेल कमजोड टिम बंगलादेशसग खेल्ने छ । तीन खेलबाट समान ६–६ अंक बनाएका नेपाल र श्रीलंकका बीचको अन्तिम खेलसगै प्रतियोगिताको समापन समारोह संचालन हुनेछ ।
आइतबार
नै भएको बंगलादेश बिरुद्धको खेलमा माल्दिभ्सले २५–१७,१३–२५,२५–२३ र २५–१९ को सान्वना जित हात पारेको छ । तीन खेलबाट समान ६–६ अंक बनाएका नेपाल र श्रीलंकका बीचको अन्तिम खेलसगै प्रतियोगिताको समापन समारोह संचालन हुनेछ ।
दोश्रो संस्करण भारतमा
नेपाल भलिबल संघले सोमवार पत्रकार सम्मेलन गरि दक्षिण एशियाली महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आगमी बर्ष भारतमा हुने जनाएको छ ।
नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले प्रतियोगिताको निरन्तरका लागि हामीले पहल गरेका छौ, भारतले दोश्रो संस्करण गर्ने जिम्मेवारी लिएको छ । पहिलो पटक पुरुष साउथ एशिय प्रतियोगिता गरे पनि त्यसले निरन्तरता पाएन अध्यक्ष तामाङले बताए ।
भारतिय भलिबल संघका अध्यक्ष अवदेशकुमार चौधरीले हामी समयमै यो प्रतियोगिता गर्ने कुरामा बिश्वास दिलाउन चहान्छौ, साउथ रिजनको भलिबलको बिकासमा हामी तयार रहेको बताए । उनले नेपाली खेलाडीमा प्रतिभाको कमी छैन, बिशेष तालिमका लागि हामी नेपाललाई सहयोग गर्न चाहछौ अध्यक्ष चौधरीले बताए ।
महासचिव रामअवतर झाखर, माल्दिभ्स भलिबल संघका अध्यक्ष युनिस पोपोलाजी र श्रीलंककाका टिम ब्यवस्थापकले पनि महिला भलिबलको रिन्तरताका लागि तयार रहेको बताए । पत्रकार सम्मेलमा संघ उपाध्यक्षद्धय मनोरन्जन शर्मा र यमवहादुर गुरुङको उपस्थिति रहेको थियो ।