विश्व रेकर्ड : एक महिलाका १४ सन्तान तर पिता फरक-फरक

357
  •  
  •  
  •  

anita suliwan world recordकाठमाडौँ, ७ फागुन(एजेन्सी) : अमेरिकामा डेट्रायटकी ३६ वर्षीया एक महिलाले मंगलबार १४ औँ बच्चालाई जन्म दिएर एक विश्व रेकर्ड कायम गरेकी छन् । यो विश्व रेकर्ड यसकारण हो की महिलाले सबै बच्चाहरू अलग-अलग पुरूषबाट जन्माएकी हुन् ।

यो विश्व रेकर्ड गिनिज बुकको सन् २०१७ को संस्करणमा प्रकाशित गरिनेछ । विश्व रेकर्डका अनुसार डेट्रायटकी अनिता सुलिवानले १३ भन्दा बढी पुरूषसँग सम्बन्ध राखेर सन्तान जन्माएकी थिइन् । अनिताका अनुसार विश्व रेकर्ष बनाएपछि उनी आफूलाई गौरन्वान्वित महशुस गरेकी छन् । उनकी आमाले उनलाई सधै अल्छि र बेकारकी भन्दै गाली गर्ने गर्थिन् । उनले भनिन्, ‘आज मैले विश्व रेकर्ड बनाएर सबैलाई गलत प्रमाणित गरिदिए । मैले केही यस्तो गरेको छु जुन आजसम्म कसैले गरेको छैन् ।’

अनिताका बाँकी १३ वटा सन्तान आमासँग भेट गर्नका लागि हार्पर विश्वविद्यालय अस्पताल पुगेका थीए । उनीहरू सबै आफ्नी आमाको विश्व रेकर्डका लागि खुसी छन् ।

अनिताले भनिन्, ‘मैले बच्चाहरूको बाबु चुन्नमा ठुलो गल्ति गरे । तर, अब पुरानो गल्तिबाट पाठ सिकेर एक राम्रो मानिस चुनेको छु । नयाँ पार्टनर रेमोन मेरो पुराना पार्टनर जस्तो छैन् । हामी डेढ वर्षदेखी एकसाथ बस्दै आएका छौ ।’

कानुनी रूपमा अनिताले पहिलेदेखी नै आफ्ना बच्चाको लागि ११ पुरूषबाट पेन्सन पाइरहेकी छन् । बाँकी दुईको पेन्शनका लागि पनि अदालतमा मुद्दा चलिरहेको छ ।


  •  
  •  
  •