जेलमा रहेका पतिको विर्य चोरेर छोरी जन्माइन् एक महिलाले

403
  •  
  •  
  •  

woman-gave-birth-to-childकाठमाडौ, मंसिर(ओएनएस) : नाबलसको वेष्ट बैकमा प्यालेष्टाइनी महिला समीरा निमरले आफ्नो पतिको विर्य चोरेर एक छोरी जन्माएकी छिन् । ती बच्चीको नाम यास्मीन राखीएको छ । यास्मिनको जन्म कृतिम गर्भाधानमार्फत भएको थियो ।

woman-gave-birth-to-child1समीराका पति इजरायलको जेलमा सजाय काटिरहेका छन् । यास्मीनको जन्मपछि समीरा निकै खुसी छिन् । नाबलसको एक अस्पतालमा समीराको ओछ्यानको पछाडि पतिको फोटो टासिएको छ ।

woman-gave-birth-to-child2यास्मीनका पिता प्यालेष्टाइनी याह्या निमर अहिले इजरायलको जेलमा जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई पत्नीसँग भेट्ने अनुमति छैन् । तर, जेलमा रहेका कैदीको बच्चा कृतिम गर्भाधानबाट जन्मिएको यो कुनै नयाँ घटना होइन । पछिल्लो तीन वर्षमा इजरायलमा यो घटना तेस्रो हो ।

woman-gave-birth-to-child3यस घटनामा वीर्यको तस्करी कसरी भयो त्यो भने गोप्य राखिएको छ । इजरायल जेल सेवाका प्रवक्ताले समीराको गर्भका विषयमा आफूहरूलाई केही थाहा नभएको बताएका छन् । प्रवक्ताले कैदीहरूलाई घर गएर पत्नी तथा परिवारसँग भेट्ने र जेलमा आएर पतिलाई भेट्ने अनुमति छैन् ।


  •  
  •  
  •