घरबाट निकालिएकी महिलाले सडकमै जन्माइन् छोरा

239
  •  
  •  
  •  

woman gave birth child at raodसुनसरी, २१ मंसिर(ओएनएस) : महिला हिंसाविरूद्धको १६ दिने अभियान चलिरहेका बेला सुनसरीको सोनापुर गाविसमा घरबाट निकालिएकी एक महिलाले धरानको सडकमा छोरा जन्माएकी छिन् ।

आज बिहान वडा प्रहरी कार्यालय अगाडिको सडकमा सोनापुरकी समिरा देवीले सडकमा छोरा जन्माएपछि स्थानीय महिला र धरान प्रहरीले उनको उद्धार गरी विपी प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ । श्रीमान र घरका अन्य सदस्यले हेला गरेपछि घरबाट निकालिएको पीडित समिरा देवीले बताएकी छिन् ।

सडकमा अलपत्र अवस्थामा नवजात शिशु सहित रहेकी समिरा देवीलाई स्थानीय महिलाले कपडा दिएर बच्चाको हेरचाह गरी प्रतिष्ठानमा भर्ना गरेका छन् ।

घरबाट निकालिएर सडकमा सुत्केरी भएकी समिराको बारेमा प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदम कुमार सिजापतीले जानकारी दिए ।


  •  
  •  
  •