पुरुषभन्दा महिला बढि मिल्न चाहान्छन्

108
  •  
  •  
  •  

महोत्तरी, १२ माघ (ओएनएस)  : महोत्तरीका पुरुषभन्दा महिलामा सामुदायिक मेलमिलापको चाहना रहेको देखिएको छ । सामुदायिक मेलमिलापका लागि आठ महिनाको अवधिमा महिलाले दर्ता गराएका ९९ वाटै विवाद मिलापत्र भएको हो ।

पुरुषले दर्ता गराएको ३३१ मध्ये ३१३ विवाद मिलापत्र गर्न सफल भएको सामुदायिक मेलमिलाप परियोजना महोत्तरीका संयोजक भास्कर मल्लिकले जानकारी दिनुभयो । परियोजना जलेश्वर नगरपालिकाको अनकार, बर्दिवास नगरपालिकाको बर्दिवाससहित अन्य १८ वटा गाउँ बिकास समितिमा संचालन गरिएको थियो ।

गाउँ बिकास समिति र वडा स्तरीय समिति तथा महिला अधिकार समूहमार्फत विवाद मेलमिलाप गरिएको मानवअधिकार तथा समाजिक विकास प्रतिष्ठान नेपालद्वारा आयोजित जिल्ला सल्लाहकार समितिको बैठकमा जानकारी दिइएको हो । मेलमिलाप समितिहरुमा जग्गा र गालीगलौज झैझगडा र लेनदेनसम्बन्धि सबैभन्दा बढी तथा लैंगिक हिंसा र सार्वजनिक विषयको सबैभन्दा कम विवाद आएको थियो ।

परियोजना संयोजक भास्कर मल्लिकका अनुसार सहसौलामा सबैभन्दा बढी ३८ मध्ये ३४ तथा सरपल्लोमा सबैभन्दा कम ७ वटा विवाद दर्ता भएर मिलापत्र भएको थियो ।

प्रहरी नायब उपरीक्षक लाकेन्द्र श्रेष्ठले समुदायमै सानोतिनो विवाद मिल्दा ठुलो विवाद हुनबाट रोकिने सम्भावना अध्याधिक रह्ने गरेको बताए । सामुदायिक मेलमिलाप भइरहेको ठाउँहरुमा जिल्ला अदालत महोत्तरीद्वारा अनुगमन गराइएको छ ।


  •  
  •  
  •