गर्भवती महिलाको पेट चिरेर सात महिनाको बच्चाको हत्या

288
  •  
  •  
  •  

मिशेली विल्किन्स
मिशेली विल्किन्स

 

काठमाडौ, ६ चैत(एजेन्सी) : कोलोराडोमा आफ्नो बच्चाका लागि लुगा लिन गएकी सात महिनाकी गर्भवती महिलामाथी आक्रमण गरि पेट चिरेर बच्चा निकालेर हत्या एक महिलाले हत्या गरेकी छिन् ।

बुधबार भएको उक्त घटनापछि २६ वर्षीया मिशेलीले ९११ मा फोन गरेर आफूमाथि आक्रमण गरिएको र शरिरबाट रगत बगिरहेको तथा शरिरमा अन्य चोट पनि लागेको भन्दै ६ मिनेटसम्म कुरा गर्दै जानकारी दिएकी थिइन । उनले भनेकी थिइन्, ‘उनले मेरो पेट चिरिदिएकी छिन्, म गर्भवती छु र रक्तस्राव भइरहेको छ ।’

baby cut from woman wombयसक्रममा उनले आफू रहेको घर र अवस्थितिबारे जानकारी गराएकी थिइन् । फोनमा आफ्नो बारे जानकारी दिने क्रममा आफूले ती महिलालाई नचिन्ने बताउँदै आफू एक वेबसाइटमा बच्चाका लुगाहरू बिक्रीमा रहेको देखेर उक्त स्थानमा किन्न आएको बताएकी छिन् । उनले आफूलाई बाहिरबाट थुनिएको समेत बताएकी थिइन् ।

२६ वर्षीय ती महिलालाई आक्रमण गरेर घाइते बनाउने महिला ३६ वर्षीया डाइनेल क्याट्रेस लेन रहेको प्रहरीले जनाएको छ ।

ती महिलाले मिशेलीलाई सिसाका टुक्राले घाँटीमा समेत कोतरेकी थिइन् ।

baby cut from woman womb1डेलिमेलका अनुसार डाइनेल लेनलाई उनका पतिले अस्पताल पुर्याएका छन् । उनले मिशेलीको सात महिनाको भ्रुण समेत साथमा नै बोकेकी थिइन् र उनले अस्पतालका कर्मचारीलाई आफू प्रसव पिडाले आक्रान्त भएको बताएकी थिइन् । लेनका आफन्तका अनुसार उनका दुई छोरीहरू रहेका छन् भने उनका १९ वर्षीय छोरा सन् २००२ मा पानीमा डुबेर हराएको थियो ।


  •  
  •  
  •