अझै चिसो बढ्छ: मौसमबिद्

466
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौँ,२२ पुस (ओएनएस): मौसमबिद्ले देशभर अझै चिसो बढ्ने बताएको छन् । न्युनतम तापक्रम घटेका कारण काठमाडौ उपत्यका सहित देशभर चिसो बढेको छ।

लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन थप प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्री सेल्सीयसमामा झरेको छ । आजको न्यूनतम तापक्रम १.६ डिग्रीसेल्सियस पुगेको छ । उपत्यकाका बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुल्ला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने बताइएको छ ।

मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद्ले बताएका छन् । माैसमबिद्का अनुसार न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्रीसेल्सियस पुगेको थियो । अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै घट्ने मौसमविद्ले बताएका छन् ।

महाशाखाका अनुसार काठमाडौँमा यही २० गते न्यूनतम एक दशमलव पाँच डिग्रीसेल्सियस रहेको थियो भने शुक्रबार र आज एक दशमलव छ आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम (माइनस) ८.५ र सबैभन्दा बढी विराटनगरमा सात दशमलव सात डिग्रीसेल्सियस तापक्रम रहेको छ ।


  •  
  •  
  •