विण्डोज १० एक वर्षसम्म फ्रिमा पाइने

398
  •  
  •  
  •  

windows_10काठमाडौ, ९ माघ(एजेन्सी) : आज लण्डनमा विन्डोज १० को कन्ज्युमर प्रिभ्यू सार्वजनिक भएको छ । यो कार्यक्रम लण्डनको समयानुसार बिहान ९ बजे भएको हो ।

माइक्रोसफ्टको विण्डोज १० ले पीसी, मोबाइल र ट्याब्लेट तीनैलाई जोड्ने काम गर्नेछ । माइक्रोसफ्टको एप स्टोर अब स्मार्टफोन र ट्याब्लेटको लागी मात्र नभई विण्डोज स्टोरमा पाइने एप अब डेस्कटपमा समेत प्रयोग गर्न सकिने छ । यो सुविधा पछि विण्डोज १० पनि प्रयोग गर्न सहज हुनेछ ।

विण्डोज १० ती प्रयोगकर्ताका लागि फ्रिमा अपग्रेडको लागी उपलब्ध हुनेछ जसको सिस्टमा पहिलेदेखी नै विण्डोज ७, विण्डोज ८.१ वा विण्डोज फोन ८.१ अपरेटिङ सिस्टम उपलब्ध हुनेछ । माइक्रोसफ्टको तर्फबाट यो निकै ठूलो कदम हो । यो अपग्रेड मात्र १ वर्षका लागि फ्रि हुनेछ तर, माइक्रोसफ्ट कम्पनीको लाइसेन्स एग्रिमेन्टबिना विण्डोज १० लाई पहिलो १ वर्षका लागि फ्रि गर्नु कम्पनीको पोलिसि चेन्जतर्फ इशारा गर्छ ।

विण्डोज १० सार्वजनिक कार्यक्रममा गेमिंग कन्सोल एक्सबक्स वान का विषयमा पनि कुरा गरिएको थियो । कम्पनीले विण्डोज १० को साथ कम्प्याटिबल एक्सबक्स वान अब पूर्ण रूपमा अटोमेटेड पिसी जसरी नै काम गर्न सक्ने तर्फ इशारा गरेको छ ।

विण्डोज १० को डेस्कटपमा राखिएको स्टार्ट मेनु विण्डोज ७ को जस्तै उपयोगी र विण्डोज ८ जस्तै टायल्सयुक्त हुने छ । विण्डोज ८ को असफलताको प्रमुख कारण विण्डोज ८ को भर्जनमा स्टार्ट मेनु नहुनु पनि मानिएको छ ।

विण्डोज १० को साथ माइक्रोसफ्टको पुरानो वेब ब्राउजर इन्टरनेट एक्स्प्लोररको ठाऊँमा स्पार्टनलाई ल्याइएको छ । स्पार्टनलाई इन्टरनेट एक्स्प्लोररको अपग्रेडरड भर्जन भएको बताइँदै आएको थियो ।

माइक्रोसफ्ट कम्पनीले आफ्नो यस कार्यक्रममा होलोग्राम नामको एक थ्री डी ह्याण्डसेटको प्रोटोटाइप पनि पेश गरेको थियो । यसको प्रयोगले वास्तविक विश्वको थ्री डी तस्विर देखाउन सकिन्छ । अहिले यो प्रोजेक्टमाथि काम भइरहेको रहेको छ र यसले गुगल ग्लासलाई टक्कर दिनेछ ।


  •  
  •  
  •